१२ मंसिर २०८३, शुक्रबार
चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरमा चिनियाँ इन्जिनीयरहरुलाई आतंकी त्रास
२९ भदौ २०७८ मंगलबार । पाकिस्तान – पाकिस्तानको अपर कोहिस्तानमा आतंकवादी हमला भएपछि अब चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरका चिनियाँ इन्जिनीयर आतंकीहरूदेखि यति डराएका छन् कि उनीहरुले आफूसित एके–४७ लिएर काम गरिरहेका छन् ।
केही दिनअघि पाकिस्तानको अपर कोहिस्तानमा दासू बाँध परियोजनामा काम गरिरहेका चिनियाँ इन्जिनीयरहरुलाई बोकेर गइरÞहेको बसमाथि आतंकी हमलामा ९ चिनियाँ इन्जिनीयरको मृत्यु भएको थियो ।
यसपछि चिनियाँ फर्मका सबै कर्मचारीहरूलाई निलम्बित गर्दै पुनः बोलाइएको थियो ।
चीनले स्वयं यस मामिलामा जाँच गर्ने भनेको छ । यद्यपि चाइना–पाकिस्तान इकोनोमिक कोरिडोरमा काम गरिरहेका चीनका वर्कर्समा भयको माहोल हटेको छैन । कडा सुरक्षाबीच उनीहरूलाई काममा लगिँदैछ ।
Subscribe
Login
0 Comments


