१२ मंसिर २०८३, शुक्रबार

चारजना न्यायाधीशले मंगलबार मुद्दा छिनेका छन्

एसीपी संवाददाता

२ मंसिर २०७८, बिहीबार ०९:१३ मा प्रकाशित

२ गते मंसिर २०७८ बिहीबार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर तीन सातादेखि इजलास नहेरेका चारजना न्यायाधीशले मंगलबार भने मु द्दा छिनेका छन् । बाँकी १३ जना न्यायाधीश पनि फुलकोर्ट बैठक बसेर राफल (गोलाप्रथा) प्रणालीबाट पेसी तोकिए मुद्दा हेर्न सहमत देखिएका छन् ।

सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी,बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्माले मंगलबार ब न्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पनि सुनुवाइ गरेका छन् । यसअघि विगत २३ दिनदेखि १९ जना न्यायाधीशले बन्दीबाहेकका मुद्दा हेरेका थिएनन् ।

अहिलेसम्म प्रधानन्यायाधीशले दैनिक मुद्दाको पेसी तोक्दै आएका छन् । मुद्दामा पेसी तोक्दा आफू अनुकूलको न्यायाधीशको इजलासमा पार्ने भएका कारण भ्रष्टाचार र बिचौलिया बढेको अध्ययन प्रतिवेदनहरूले देखाइसकेका छन् । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको अध्ययन प्रतिवेदनले पनि मुद्दाको पेसी अटोमेसन प्रणाली (गोलाप्रथा) बाट तोक्न सुझाएको छ ।

प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति प्रकाशित गर्दै संवादबाट समस्या समाधान गर्न आह्वान गरेका थिए । नेपाल बार एसोसिएसनलाई संवादका लागि आह्वान गरिएको थियो। बारले भने सोमबार इजलास बहिष्कार गरेका न्यायाधीशसँग छलफल गरेको थियो । न्यायाधीश र बारका पदाधिकारीबीच मंगलबार पनि सर्वोच्च अदालतमा छलफल भएको छ ।

१३ जना न्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित उपाध्यक्ष, महासचिव, सर्वोच्च बारका अध्यक्ष, उपाध्यक्ष, सचिवबीच छलफल भएको हो । फुलकोर्ट बैठक बसी गोलाप्रथाद्वारा पेसी तोकिने प्रक्रिया सुरु हुनुपर्नेमा १९ जना न्यायाधीश नै एकमत रहेको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बताए ।‘ छलफलमा पाँचजना न्यायाधीश उपस्थित हुनुभएन । तर उहाँहरू पनि अलग हुनुहुन्न । न्यायमा सेवा दिने कुरामा अनिर्णय हुनुहुन्न भन्नेमा न्यायाधीशहरूको एक मत छ’,घिमिरेले भने ।

बारसँगको छलफलमा सहभागी न्यायाधीशहरूले प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्ने,उनीसँगै संयुक्त इजलासमा पनि नबस्ने,बन्दीका मात्रै मु द्दा हेर्ने बताएका छन् । लामो समयसम्म इजलास नहेर्दा न्याय सेवामा अवरोध पुगेको भन्दै तामेलीमा पठाउने, मु द्दा फिर्ता, मिलापत्र विषयका मु द्दा छिन्नुपर्ने न्यायाधीशहरूले बताएका थिए ।

न्यायाधीशहरूले गोलाप्रथाबाट पेसी तोके मुद्दा हेर्ने तर प्रधानन्यायाधीशको राजीनामाको माग नछोड्ने बताएका छन् । उनीहरूले प्रधानन्यायाधीशसँग संयुक्त इजलासमा पनि नबस्ने बताएका हुन् । ‘बार एसोसिएसनले उठाएको राजीनामा एवं सम्मानजनक बहिर्गमनमा न्यायाधीशज्यूहरूको फरक धारणा देखिँदैन,’ सचिव घिमिरेले भने,‘न्यायाधीशहरू बारभन्दा अलग भएर न्यायपालिका चल्छ जस्तो लाग्दैन ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x