१२ मंसिर २०८३, शुक्रबार

चिनमा भुकम्प जादा २ जनाको मृत्यु ३ गम्भीर घाइते

एसीपी संवाददाता

१ आश्विन २०७८, शुक्रबार ०२:०० मा प्रकाशित

१ गते असोज २०७८ शुक्रबार । एजेन्सी– चीनको सिचुआन प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

आज बिहान ४ः३३ बजे भूकम्प गएको एपी न्युजले जनाएको छ । भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएको जनाइएको छ । भूकम्पपछि उद्धार कार्य जारी छ ।

सिन्ह्वा समाचार एजेन्सीले जनाए अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ । यस्तै ३५ घर भत्किएका छन् ।

भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ । पश्चिमी चीनमा बारम्बार भूकम्पले क्षति गरिरहेको छ ।

मे २००८ मा समेत ७.९ म्याग्निच्युडको भूकम्पले सिचुअनमा झण्डै ९०,००० मानिसको ज्यान गएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x