१२ आश्विन २०८३, सोमबार

चिनियाँ खोपले कति सुरक्षा प्रदान : इन्डोनेशियामा कम्तीमा २० डाक्टर र १० नर्सहरूको मृत्यु

एसीपी संवाददाता

२३ असार २०७८, बुधबार ०२:४७ मा प्रकाशित

पूर्ण मात्राको खोप लगाइसकेपछि पनि फेब्रुअरी र जून महिनाबीचमा इन्डोनेशियामा कम्तीमा २० जना डाक्टर र १० नर्सहरूको मृत्यु भएको देशको डाक्टर तथा नर्सहरूको सङ्गठनले जनाएको छ।

विज्ञहरूले यतिखेर स्वास्थ्यकर्मीहरूलाई तेस्रो सिनोभ्याक खोप दिन माग गरिरहेका छन्।

नयाँ भेरिअन्टका कारण उक्त दक्षिण पूर्वी एशियाली देशमा यतिखेर सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा रहनुका साथै समाधिस्थल र अस्पतालहरूमा चाप बढेको देखिन्छ।

जकार्ता नजिकैको एउटा खोप केन्द्रमा सयौँको एउटा भिड जबरजस्ती भित्र छिर्न खोजिरहेको थियो।

त्यहाँका सुरक्षाकर्मीले भित्र ठाउँ नरहेको भन्दै उनीहरूलाई धैर्य हुन आग्रह गरिरहेका थिए।

२५ करोड जनसङ्ख्या भएको देशमा ८ प्रतिशतभन्दा कम मानिसहरूले मात्र खोप लगाएका छन्।

इन्डोनेशियाले आफ्ना नागरिकको रक्षाका लागि सिनोभ्याकमा भर परेको छ
तस्बिरको क्याप्शन,इन्डोनेशियाले आफ्ना नागरिकको रक्षाका लागि सिनोभ्याकमा भर परेको छ

डेल्टाजस्ता नयाँ भेरिअन्टका कारण नाटकीय ढङ्गले सङ्क्रमितहरू बढ्न थालेपछि मानिसहरू खोप सुरक्षा लिनका लागि व्यग्र देखिन्छन्।

भित्रपट्टि स्थानीय मेयर अरिफ विस्मम्यअले मानिसहरूले प्रक्रियाबारे गलत बुझेको भन्दै त्यहाँ आउनु पूर्व दर्ता गरिएको हुनुपर्ने बताउँछन्।

बाहिरपट्टि एउटा लाउडस्पीकरको सहायताले सुरक्षागार्डले मानिसहरूलाई घर फर्कन भने पनि कसैले त्यसो गर्न मानेनन्।

‘निष्प्रभावी‘

हाल इन्डोनेशियामा दैनिक जसो २० हजार नयाँ सङ्क्रमित देखा परिरहेका छन्। तर जकार्ताबाहिर पर्याप्त मात्रामा परीक्षण नभएकाले त्यस्तो सङ्ख्या निकै धेरै हुनसक्ने विज्ञहरूको भनाइ पाइन्छ।

नयाँ भेरिअन्टले इन्डोनेशियामा नयाँ लहर आएको छ
तस्बिरको क्याप्शन,नयाँ भेरिअन्टले इन्डोनेशियामा नयाँ लहर आएको छ

तर खोप पाइए पनि त्यहाँ उपलब्ध र उनीहरूले पाउने चिनियाँ खोपले कति सुरक्षा प्रदान गर्छ भन्ने धेरैका लागि चासोको विषय बनेको छ।

फेब्रुअरीदेखि जून महिनाबीचमा खोप लगाएका ९४९ स्वास्थ्यकर्मीमध्ये ज्यान गुमाउने २० डाक्टर र १० नर्सहरूले सिनोभ्याकको पूर्ण मात्रा खोप लगाएका थिए।

खुला रूपमा नबोले पनि डाक्टरहरूले आफूहरूले निकै जोखिम महसुस गरिरहेको स्विकारेका छन्।

तिनैमध्येका एक नाम खुलाउन नचाहने एकजना फोक्सोसम्बन्धी विशेषज्ञले समेत सिनोभ्याकको पूर्ण मात्रा खोप लगाएकी छन्।

त्यसको एक महिनापछि उनले शरीरमा रहेको रोग प्रतिरोधात्मक तत्त्वको स्तर जाँच गरेकी थिइन्।

“त्यसको कुनै प्रभाव थिएन। मेरो शरीरमा खोपले कुनै प्रतिरोधी तत्त्व बनाएन,” बीबीसी इन्डोनेशियासँग उनले भनिन्।

“त्यसको एक महिनापछि फेरि मैले त्यस्तो जाँच गराउँदा समेत नतिजा उस्तै निस्कियो।”https://bbc.com/ws/av-embeds/cps/nepali/news-57719713/p09mr9w9/neभिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोना खोप

उनका केही साथीहरूमा राम्रो असर देखा परे तापनि ती फोक्सो विशेषज्ञका लागि भने सिनोभ्याक निष्प्रभावी देखिएको उनी बताउँछिन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सिनोभ्याकलाई आपत्कालीन प्रयोगको अनुमति दिँदै खोप लगाउने ५१ प्रतिशतमा त्यसले लक्षणयुक्त रोगबाट जोगाउने जनाएको थियो।

डब्ल्यूएचओले अध्ययन गरिएका शतप्रतिशत मानिसमा यसले गम्भीर कोभिड-१९ हुने र अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट जोगाउने जनाएको थियो।

उक्त खोपको उत्पादनकर्ता सिनोभ्याक बायोटेकले खोपको दुई मात्रा भाइरसको गम्भीर असरबाट बच्न पर्याप्त हुनेमा जोड दिएको छ।

उक्त कम्पनीले तेस्रो मात्राको प्रभावकारिता आफूहरूले मानिसहरूमा जाँच गरिरहेको र त्यसको नतिजा उत्साहप्रद रहेको जनाएको छ।

इन्डोनेशियाली मेडिकल एशोशिएसनको जोखिम न्यूनीकरण दलले डब्ल्यूएचओ र इन्डोनेशियाली सरकारी स्वीकृति दिएका खोपले गम्भीर कोभिडको असर कम गर्न सघाएको बताएका छन्।

तर स्वास्थ्यकर्मीलाई अझ एउटा मात्रा थप्ने कि भन्नेबारे उसले छलफल गरिरहेको छ।

बूस्टर मात्राको बहस

गत महिना खोप लगाउन लाम बसेका मानिसहरू
तस्बिरको क्याप्शन,गत महिना खोप लगाउन लाम बसेका मानिसहरू

त्यस्तो कदमको स्वागत गर्नेमा अस्ट्रेलियाको ग्रिफिट युनिभर्सिटीका एकजना इपिडिमियोलोजिस्ट डा डिकी बुडिमन समेत छन्।

“नयाँ भेरिअन्टहरूको लहर देखा परिरहेको यो बेला उनीहरूले बूस्टर मात्रा लगाउनु निकै अत्यावश्यक छ। डेल्टा वानजस्ता भेरिअन्ट देखा परिरहेका बेला तिनका लागि आवश्यक प्रतिरोधी तत्त्व थप्न र सिनोभ्याकको प्रभावकारिता बढाउन त्यस्तो कदम आवश्यक छ,” उनले भने।

युनिभर्सिटी अफ इन्डोनेशियाका अर्का इपिडिमियोलोजिस्ट डा ट्रि युनिस मिकोले समय क्रममा खोपको प्रभावकारिता घट्दै जाने भन्दै ज्याछि ६ महि

तर एर्लाङ्गा युनिभर्सिटीमा पढाउने डा विन्डु पुर्नोमो भने त्यस्तो तेस्रो मात्राको औचित्यमाथि प्रश्न उठाउँछन्।

“जसरी पूर्ण मात्रामा खोप लगाएका स्वास्थ्यकर्मीहरूको ज्यान गयो त्यसो हुनु हुँदैनथ्यो,” उनले भने।

स्वास्थ्यकर्मीलाई गत ज्यानुअरी महिनामै खोप दिन शुरू गरिएको थियो
तस्बिरको क्याप्शन,स्वास्थ्यकर्मीलाई गत ज्यानुअरी महिनामै खोप दिन शुरू गरिएको थियो

“यदि सिनोभ्याक खोपले मानिसहरूलाई नयाँ भेरिअन्टहरूबाट जोगाइरहेको छैन भने तेस्रो मात्रा दिनुको कुनै काम छैन।”

खोप कार्यक्रमसम्बन्धी इन्डोनेशियाली सरकारका प्रवक्ता डा सिती निधि तर्मिजीले भने आफूहरूले ‘कुनै वैज्ञानिक प्रकाशन वा डब्ल्यूएचओबाट’ विस्तृत विवरणहरू पर्खिरहेको बताउँछिन्।

‘कोभिड आपत्‌को धारमा’

दक्षिण पूर्वी एशियामै इन्डोनेशियामा सबैभन्दा खराब कोभिडको प्रकोप देखिँदा अहिलेसम्म ५७ हजारले ज्यान गुमाइसकेका छन् भने २१ लाखभन्दा धेरैमा कोभिड सङ्क्रमण पुष्टि भइसकेको छ।

गत महिना इन्डोनेशियाको रेडक्रसले त्यहाँको अवस्थालाई ‘धान्न नसकिने कोभिड-१९ आपत्‌को धार’मा रहेको जनाएको थियो।

उसले त्यसो भनिरहँदा त्यहाँका अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालित हुनुका साथै अक्सिजनको समेत निकै अभाव हुन पुगेको थियो।

मे महिनायता कोभिड हुने बालबालिकाको सङ्ख्या झन्डै तीन गुणाले बढेको थियो।https://bbc.com/ws/av-embeds/cps/nepali/news-57719713/p09f383y/neभिडिओ क्याप्शन सुरु हुँदैछ,

कोरोना भाइरस भेरिअन्टः भाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

त्यहाँ देखा परेको अहिलेसम्मकै कडा लहरमा ज्यान गुमाउने शिशुहरूको सङ्ख्या ह्वात्तै बढेको थियो।

देशैभर खोप केन्द्रमा खोप लगाउन चाहनेको भिड छ।
तस्बिरको क्याप्शन,देशैभर खोप केन्द्रमा खोप लगाउन चाहनेको भिड छ

राष्ट्रपति जोको विडोडोले हालै १२ वर्ष र त्यसभन्दा माथिका बालबालिकालाई कोभिड खोप दिइने घोषणा गरेका थिए।

इन्डोनेशियामा आस्ट्राजेनेका र सिनोफार्मजस्ता अन्य खोपहरू समेत उपलब्ध हुने सम्भावना भए पनि धेरैजसो भने उसको निकट साझेदार चीनबाट आएका थिए।

तर वास्तविकता के हो भने इन्डोनेशियासँग यतिखेर सिनोभ्याकलाई निरन्तरता दिनुबाहेक अरू केही विकल्प छैन BBC।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x