चिनियाँ जासुसहरुको निशानामा लिंक्डइनका महत्वपूर्ण थिंक ट्यांक
बेइजिङ । चीनले विश्वभर आफ्नो जासुसी नेटवर्क विस्तारलाई निकै तीव्र बनाएको पाइएको छ । विश्वर विभिन्न प्रविधि तथा विभिन्न व्यक्तिहरुको माध्यमहरुबाट जासुसी गर्ने र आक्रमण गर्ने काम चिनियाँ अधिनायकवादी कम्युनिस्ट पार्टीको सरकारले गरिरहेको छ ।
पछिल्लो समय लिंक्डइनका महत्वपूर्ण थिंक ट्यांक स्टाफहरुलाई चिनियाँ जासुसहरुले निशाना बनाएको पाइएको हो । चिनियाँ जासुसहरुले उनीहरुलाई त्यहाँको सूचना दिएवापत हजारौं पाउण्ड दिने प्रस्ताव गरेकोसमेत खुलेको छ ।
उनीहरुलाई त्यहाँको सूचना दिन अथवा चिनियाँ जासुसहरुलाई कम्पनीमा नियुक्ति दिन भन्दै दबाबसहित हजारौं पाउण्ड रकम उपलब्ध गराउने प्रस्ताव गरेको पाइएको हो ।
हेनरी ज्याकसन सोसाइटीका माध्यमबाट उनीहरु त्यहाँ पुगेका थिए । ज्याक्सन सोसाइटीका चार जना वरिष्ठ अधिकारीहरुलाई चिनियाँहरुले चीन घुम्ने अवसर र दीर्घकालन सहकार्य गर्ने बताएका थिए ।
चिनियाँद्वारा जासुसी र सुरक्षा खतरा भएको विषयमा वकालत गर्दै चिनियाँ थिंक ट्यांकहरुलाई नै चिनियाँ जासुसहरुले ठूलो परिमाणमा रकम उपलब्ध गराउने प्रस्ताव गरेका थिए ।
तर, हालसम्म भने उनीहरुलाई कुनै नियुक्ति नदिइएको र कुनै चिनियाँ कम्पनीमा नभएको बताइएको छ । पछिल्लो समय १० हजारभन्दा बेलायती र अन्य मुलुकका अधिकारीहरु भने क्लासीफाइड र संवेदनशील सूचनाको पहुँचमा पुगेको एम १५ ले चेतावनी दिएको थियो । नेपालपाना


