१२ मंसिर २०८३, शुक्रबार

चीनका बिदेश मन्त्रीले अमेरिकी बिदेश मन्त्री लाई किन गरे टेलीफोन

एसीपी संवाददाता

२८ कार्तिक २०७८, आईतवार १५:५४ मा प्रकाशित

२८ गते कात्तिक २०७८ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच टेलिफोन वार्ता भएको छ। चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो।

उनीहरूले चीन–अमेरिका सम्बन्धका साथै अरू साझा चासोका विषयमा पनि कुराकानी गरेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन्। फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्विपक्षीय सम्बन्ध, दुई देशबीचको व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरूका विषयमा पनि कुराकानी भएको बताइएको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने तय भएको छ। उनीहरूबीच बेइजिङको स्थानीय समयअनुसार आगामी नोभेम्बर १६ को बिहान वार्ता हुने भएको हो।

सोही उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x