१२ मंसिर २०८३, शुक्रबार

चीनको घेरामा पर्दै नेपाल

एसीपी संवाददाता

२० माघ २०८०, शनिबार १७:५२ मा प्रकाशित

काठमाडौं –  नेपाल पुर्ण रूपमा चिनियाँ कब्जामा परेको छ । नेपालमा कम्युनिस्ट सरकार आए देखि नै चीनले नेपाललाई आफ्नो घेरा हाली रहेको छ । नेपालमा चिनियाँ भुमिका निरन्तर सक्रियता बढाउदै आएको छ । नेपालमा माओवादी केन्द्र र तत्कालीन नेकपा एमालेले सयुक्त पार्टी एकीकरण गर्ने गरि चुनाव मैदान उतार्न देखि लिएर हाल सम्म नेपालमा ब्यापक गतिविधि गर्दै आएको छ । चिनियाँ ब्यापारीहरु जहाँ ठमेल बजार कब्जा गरि अपराधीक गतिविधि गर्दै आएको छ्न । एटीएम ह्याकिङ देखि अपहरण जस्ता गतिविधिमा पनि चिनियाँ नागरिक सक्रिय छ्न ।  यता काठमाडौंमा रहेका चिनियाँ राजदुतले विभिन्न बहाना बनाउदै कम्युनिस्ट नेताहरुको घरदैलोमा पुगेका छ्न । यता नेपाल सरकारले पनि चिनियाँ हवामा घ्यू थपेको छ । पोखरामा चिनियाँ ब्यापारीको स्वागत गर्न चिनियाँ राजदुत का साथै नेपाल सरकारका मन्त्री समेत सहभागी भए । अन्यत्र देश बाट आएका पर्यटकका स्वागतमा केही नगर्ने नेपाल सरकारले चिनियाँ पर्यटकका लागि फुलमाला र खादाको ब्यवस्था गर्ने गरेका छन । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टमा चिनियाँ ऋणकै लगानी छ । अहिले खासै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नेपाल सरकारले अब केही बर्समा ब्याज र सावा बुझाउने बेला आउँदै छ । कतै नेपालको अवस्था पनि श्रीलंका र पाकिस्तान जस्तै त हुन्न ? चीनको बिस्तारवाद नीति नै छ । दक्षिण अफ्रिकी मुलुकहरु अहिले चिनियाँ ऋणमा फसेका छ्न । नेपालमा पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्ट र दमक को पार्क देखि लिएर बिआरआई प्रोजेक्टमा पनि नेपाललाई ऋण बोकाउने भन्दै चीनले निरन्तर दबाव दिई रहेको हुन्छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x