१२ मंसिर २०८३, शुक्रबार

चीनको भेरोसेल खोपको प्रभावकारिता माथि प्रश्न खडा

एसीपी संवाददाता

४ असार २०७८, शुक्रबार ०२:५४ मा प्रकाशित

एजेन्सी । विश्वमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने मुलुकको अग्रणी सूचीमा चीनको नाम आउँछ । चीनमा मात्रै झण्डै चार वटा विभिन्न कोरोनाविरुद्धका खोप उत्पादन भइरहेका छन् । कोरोना महामारीका कारण विश्व आक्रान्त भइरहेका बेला खोप नै सबैभन्दा उत्तम विकल्प रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले खोप निर्यात गर्ने मुलुकमा चीन सबैभन्दा अगाडि छ । तर चीनले उत्पादन गरेको खोप भेरो सेलको प्रभावकारितालाई लिएर प्रश्न उठ्न थालेको छ ।

एसियाली मुलुक मंगोलियामा कोरोनाको दोस्रो लहरको असर व्यापक देखिएको छ । मंगोलियामा झण्डै ७० प्रतिशत नागरिकले खोप लगाइसकेका छन् । उनीहरुले चिनियाँ खोप भेरोसेल नै प्रयोग गरेका हुन् । चीन र रसियाको बीचमा रहेको मुलुक मंगोलियामा पछिल्लो दुई सातादेखि कोरोनाको संक्रमणदर उच्च छ । त्यहाँ ६ महिनायता नियन्त्रणमा रहेको कोरोना खोप लगाइसकेपछि थप भयावह बनेको हो । मंगोलियामा रहेका एक पत्रकारले भने, हामीलाई भेरोसेलमाथि शंका लाग्यो । यसको प्रभावकारिता देखिएन । यहाँ धेरैले खोप लगाइसकेका छन् । तर संक्रमणदर भयावह बनेको छ ।’

मंगोलियामा पछिल्लो सातादेखि कोरोना संक्रमणदर विश्वमै उच्च छ । झण्डै ३३ लाख जनसंख्या भएको मंगोलियामा दैनिक २ हजार भन्दा बढि संक्रमित भएका छन् भने मृतकको संख्या १० को हाराहारीमा छ ।

नेपाल सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने निर्णय गरिसकेको छ । खोपको मूल्य दुबै देशले गोप्य राखेका छन् । तर ४० लाखमध्ये केहि खोप यसै महिना नेपाल आइसक्ने बताइएको छ । यसअघि चीनले भेरोसेल खोप दुई पटक अनुदान दिइसकेको छ । सुरुमा आठ लाख डोज खोप अनुदान दिएको चीनले पछिल्लो समय १० लाख डोज दिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x