१८ आश्विन २०८३, आईतवार

चीनमा जारी उइगर मुस्लिम माथीको मानवअधिकार उल्लंघन घटना शितकालिन ओलम्पिक बाहिस्कारमा अब बेलायत र क्यानाडा पनि

एसीपी संवाददाता

२५ मंसिर २०७८, शनिबार ०३:३० मा प्रकाशित

२५ गते मङ्सिर २०७८ । चीनले क्यानाडा र बेलायतलाई बेइजिङ शीतकालीन ओलम्पिक २०२२ मा कूटनीतिक बहिष्कार गर्ने अमेरिकाको निर्णयमा सहमति जनाउनुलाई तमासा देखाएको भनेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ विनबिनले पत्रकार सम्मेलनमा विभिन्न देशका राज्य प्रमुख, अधिकारी,नेता र राजपरिवारका सदस्य अनुपस्थित हुने शृंखलाप्रति चिन्तित नरहेको बताएका हुन्। तयारीका बारेमा हुने दैनिक ब्रिफिङका क्रममा प्रवक्ता वाङले राजनीतिक दाउपेच भन्दै विभिन्न देशको बहिष्कारप्रति तिखो आलोचना गरेका हुन्।

आगामी फेब्रअरी ४ देखि २० सम्म हुने विन्टर ओलम्पिकमा तीन देशले आफ्ना सरकारी अधिकारी नपठाउने निर्णय गरिसकेका छन्। चीनमा भएको मानव अधिकार हननको विरोध गर्दै उनीहरूले कूटनीतिक बहिष्कार गर्ने भएका हुन्।

त्यसअघि न्युजिल्यान्डले भने महामारीका कारण भ्रमण रोक्ने रणनीतिअनुरूप आफ्ना अधिकारीहरूलाई चीन नपठाउने जनाएको थियो। यद्यपि,पछिल्ला समय मानव अधिकार हननकै विषयलाई लिएर न्युजिल्यान्डले पनि सरकारी अधिकारी नपठाउने निर्णय गरेको बताइएको छ।

उनीहरूले आफ्ना खेलाडीले भने विन्टर ओलम्पिकमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेका छन्। तीन देशले कूटनीतिक बहिष्कार गर्ने भए पनि उनीहरूका खेलाडीले भने चीनमा चुनौती प्रस्तुत गर्नेछन्।

प्रवक्ता वाङले अमेरिका, क्यानाडा र बेलायतलाई कुनै पनि कूटनीतिक निमन्त्रणा नदिइएको उल्लेख गर्दै भने,‘उनीहरूका अधिकारी आउनु या नआउनु कुनै फरक पर्दैन। तर, उनीहरूले बेइजिङ ओलम्पिकको सफलता भने देख्नेछन्।’ प्रवक्ता वाङले राजनीतिसँग खेलकुदको कुनै सम्बन्ध नै नरहेको समेत स्पष्ट पारेका छन्। ‘खेलकुदले राजनीतिमा कुनै सरोकार राख्दैन,’ वाङले भने, ‘तर, उनीहरूले खेलमा राजनीतिक नाटक लेख्ने, निर्देशन र प्रदर्शन गर्ने काम गरिरहेका छन्।’ आफूहरू कुनै पनि बहिष्कारको शृंखलाको पछि नलाग्ने र बेइजिङ ओलम्पिकलाई विश्वव्यापी समर्थन हुनेमा विश्वस्त रहेको चीनले जनाएको छ।

चीनले विकासोन्मुख विश्वमा अधिनायकवाद निर्यात गरेको खुलासा


अहिलेसम्म विभिन्न देशका प्रमुख, देशका नेता र राजपरिवारका सदस्यले बेइजिङ शीतकालीन ओलम्पिकमा भाग लिन दर्ता गरेको र उनीहरूलाई स्वागत गर्न आफूहरू आतुर रहेको विदेश मन्त्रालयका प्रवक्ता वाङको भनाइ छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको उद्देश्यमा योगदान गर्न प्रतिबद्ध रहेको बताउँदै चीनले विश्वलाई सुरक्षित, सुव्यवस्थित र रोमाञ्चक ओलम्पिक प्रदान गर्न तयार रहेको उल्लेख गरेको छ। साथै चीनले अमेरिकाको योजनाप्रति कडा जबाफ दिने वाचासमेत गरेको छ।

तथापि, त्यो कुन किसिम र प्रकृतिको हुने चीनले उल्लेख गरेको छैन। चीनको उत्तरीपश्चिमी सिनजियाङ क्षेत्रमा अल्पसंख्यकविरुद्ध मानव अधिकार उल्लंघन भएको पश्चिमा देशहरूको आरोप छ।

उनीहरूले सिनजियाङमा भएका घटनालाई नरसंहार पनि भनेका छन्। सोही विषयलाई लिएर तीन राष्ट्रले कूटनीतिक बहिष्कार गरेका हुन्। साथै हङकङमा प्रजातन्त्र विरोधमा बेइजिङले दमन गरेको र अर्धस्वायत्त क्षेत्रप्रति असन्तुष्ट जनतामाथि चीनले दमन गरेको समेत उनीहरूको आरोप छ।

चीनले सन् २०१८ को डिसेम्बरमा क्यानाडाका दुई नागरिक पक्राउ गरेपछि यी देशबीचको द्विपक्षीय सम्बन्ध बिग्रिएको थियो। त्यसको केही समयपछि नै क्यानाडाले अमेरिकाको आग्रहमा हुवावे टेक्नोलोजीका वित्तीय प्रमुख र कम्पनीका संस्थापककी छोरीलाई पक्राउ गरेपछि झनै उनीहरूको सम्बन्ध बिग्रदैगएको थियो।

चीनले आफ्नो आर्थिक र प्राविधिक विकास रोक्नका लागि राजनीतिक रूपमा प्रेरित त्यो घटनालाई चित्रित गरेको थियो। यसै वर्षको सुरुमै उनीहरूले बन्धक रहका आफ्ना नागरिक फिर्ता गराए पनि क्यानाडामा चीन सरकारको प्रतिष्ठा गम्भीर रूपमा कलंकित भयो। सोही घटनाका कारण पनि क्यानाडाले बहिष्कार योजनामा अमेरिकालाई साथ दिएको अनुमान लगाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1
0
Would love your thoughts, please comment.x
()
x