१२ आश्विन २०८३, सोमबार

चीनमा फेरि फैलिन थाल्यो कोरोना महामारी ;बज्यो खतराको घण्टी

एसीपी संवाददाता

११ श्रावण २०७८, सोमबार १४:५६ मा प्रकाशित

एजेन्सी । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु भेटिने क्रम बढेको छ ।

चीनमा ४० जना नयाँ संक्रमित भेटिएपछि चीन सरकारले फेरि संक्रमण फैलनसक्ने चेतावनी दिएको छ ।

चीनको जाङ्सु र लियानिङमा ती संक्रमितहरु भेटिएका हुन् । ती क्षेत्रहरुमा केही दिन यता निरन्तर नयाँ संक्रमितहरु देखिने क्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

यसैगरी विभिन्न मुलुकबाट चीन पुगेका ३६ जनामा पनि संक्रमण पुष्टि भएको छ । चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।

संक्रमितहरु थपिन थालेपछि चीनको स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गर्दै स्वास्थ्य मापदण्ड पालनामा कडाई समेत गर्न थालेको छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x