१२ मंसिर २०८३, शुक्रबार

चीनले नेपालको सगरमाथालाई आफ्नो सिमा तोक्ने

एसीपी संवाददाता

२८ बैशाख २०७८, मंगलवार ००:४७ मा प्रकाशित

काठमाडौँ: चीनले कोरोना संक्रमण रोकथामका लागि भन्दै सर्वोच्च शिखर सगरमाथामा सीमारेखा बनाउने भएको छ ।

चीनले सगरमाथामा तिब्बत र नेपाललाई छुट्याउने रेखा कोर्ने तयारी गरेको चिनियाँ सरकारी मिडियाले जनाएका छन् । नेपाल तर्फ सगरमाथाको आधार शिविरसम्म आरोहीहरुलाई नै कोरोना संक्रमण पुष्टि भएपछि चीनले यस्तो तयारी गरेको हो ।

यसअघि नेपालको पाटोबाट सगरमाथा आरोहण गरिरहेका आरोहीहरुलाई कोरोना संक्रमण भएको बताइएको थियो । सगरमाथाको आधार शिविरसम्मै कोरोना फैलिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले समेत प्रशारण गर्न थालेपछि चीनले कोरोना रोकथामका लागि तयारी थालेको हो ।

चिनियाँ मिडियाका अनुसार तिब्बती पर्वतारोहण पथ प्रदर्शक टोलीले छिट्टै सगरमाथामा चढेर नेपालसँग छुट्टिने सीमा रेखा खडा गर्नेछ । उक्त टोलीमा २१ जना चिनियाँ रहेको बताइएको छ । चीनले गत वर्षदेखि नै कुनै पनि विदेशीलाई तीब्बती पाटोबाट सगरमाथा आरोहण गर्न अनुमति दिएको छैन ।

२०२९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाभाइरस हाल सिंगो विश्व समुदायमा फैलिसकेको छ । चीनले भने प्रारम्भिक चरणमा नै कोरोना रोकथामका प्रभावकारी उपाय अपनाउँदै नियन्त्रणमा लिएको थियो । अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x