१२ मंसिर २०८३, शुक्रबार

चीनले नेपाली जग्गा मिचेको खुलासा गर्ने शाहीलाई कर्णालीले दियो ठूलो पुरस्कार

एसीपी संवाददाता

२१ भाद्र २०७८, सोमबार ००:४० मा प्रकाशित

भदौ २१ गते सोमबार । जोखिम मोलेर उत्तरी छिमेकी चीनको कर्तुत बाहिर ल्याउने नेता हुन् जीवनबहादुर शाही । चीनले सीमा मिच्यो भनेर कम्युनिस्ट डराइरहेका बेला, उल्टै संरक्षणमा उत्रिएका बेला प्राविधिकसहित आफै स्थलगत अध्ययनमा गएर हुम्लाका मात्रै ८ ठाउँमा सीमा मिचिएको तथ्य बाहिर ल्याएका शाही त्यतिबेला अपमानित पनि भए ।

भारतीयदेखि अमेरिकी एजेन्टसम्मको आरोप खेपे । तर सत्य र सत्य हो । उनी सत्य बाहिर ल्याउन डगमगाएनन् । त्यतिबेला अपमानित भए पनि अहिले उनको कामको मूल्यांकन भएको छ । सरकारले अध्ययन गर्न छानविन समिति नै बनाइसकेको छ ।

यस्तो बेला आफ्नो मातृभूमिको रक्षा गर्ने, विश्वकै महाशक्ति बन्न हिँडेको चीनसँग नडराएर सीमा मिचिएको तथ्य बाहिर ल्याएका शाहीलाई कर्णालीले उच्च पद दिएर पुरस्कृत गर्दैछ । शाही कर्णालीको प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।

मुख्यमन्त्री बन्न केन्द्रबाट सभापति शेरबहादुर देउवाले पनि ग्रिन सिग्नल दिइसकेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाखमा विश्वासको मत लिंदा आलोपालो नेतृत्वबारे सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता शाही नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।

भदौभित्र महेन्द्रले राजीनामा दिएर जीवनले सम्हाल्ने तयारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए । ४० सदस्यीय कर्णाली प्रदेश सभामा अहिले ३५ सांसद छन् । एमालेका चार सांसद पदमुक्त भएका छन्। त्यस्तै, नेकपा विघटन हुँदा एमालेतिर गएका एक सांसदलाई माओवादीले पनि कारबाही गरेको छ ।

नयाँ बनेको नेकपा (एकीकृत समाजवादी)मा तीन सांसद गएपछि अब एमालेमा १३ सांसद मात्रै छन् । त्यस्तै, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । सरकार गठनका लागि १८ सांसदको समर्थन आवश्यक पर्छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x