चीनमा एक पछि अर्को संक्रमण फ़ैलिदै , कोरोना सङै नयाँ भाईरस ; सतर्क रहना आग्रह
एजेन्सी – चीनमा जनावरबाट मानिसमा सर्ने एक भाइरस पुष्टि भएको छ । ३५ जना मानिसमा संक्रमण पुष्टि भइसकेको यो भाइरसलाई निगरानीमा राखेको चिनियाँ वैज्ञानिकहरुले जनाएका छन् ।
चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरसको महामारी अन्त्य नहुँदै चीनकै हेनान र साङदोङ प्रान्तमा नोबल लाङ्ग्या हेनिपा भाइरस (लेभी) पुष्टि भएको हो । लेभी जुनोटिक भाइरस हो । यो भाइरसबाट संक्रमितहरुमा ज्वरो आउने, खोकी लाग्ने र थकाइ लाग्ने जस्ता लक्षणहरु देखिएको छ । बिदेशी समाचारमा प्रकाशित रिपोर्टअनुसार श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस २७ प्रतिशत पाइएको छ । कुकुरमा पाँच प्रतिशत र बाख्रामा दुई प्रतिशत पाइएको छ । अनुसन्धानकर्ता मध्येका एक वाङ लिफाले चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग कुरा गर्दै यो भाइरस घातक नभए पनि यसप्रति सजग रहँदै नजिकबाट निगरानी गर्नुपर्ने बताएका छन् । नयाँ किसिमको कोरोना भाईरस पुग्यो ५० देशमा


