१२ मंसिर २०८३, शुक्रबार

चीन जोड्ने तातोपानी नाका बन्द

एसीपी संवाददाता

६ असार २०७८, आईतवार ०१:५५ मा प्रकाशित

सिन्धुपाल्चोक — शुक्रबार बेलुकीको अविरल वर्षाले सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको (२६ किलोमिटर) लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटानमा गरेको छ ।

मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका शनिबार बिहानबाट सडक र पुलकै जोखिमका कारण ठप्प भएको हो ।
भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बाह्रबिसे-तातोपानी सडकखण्डको लार्चा, भ्यानपार्किङ पुल र बेलिब्रिजमा बाढीले आहिले पनि हानिरहेको हुँदा क्रमश: बग्ने जोखिममा छ । ‘कन्टेनर जान नसक्ने भएपछि नाका त अवरुद्ध भयो नै, यहाँ सीमा क्षेत्रको अवस्था बर्बाद भयो,’ पौडेलले भने । चरिकोट सडक डिभिजन कार्यालय र सडकमा कार्यरत सीआरसीसी कम्पनीलाई तत्काल मर्मतसम्भार गर्न र थप क्षतिबाट रोक्न अनुरोध गरिएको उनले बताए ।

तातोपानी क्षेत्रको कोदारी सडक र भूभाग पूरै भासिएकाले ६० परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । ‘बर्खाले कहाँ बितण्डा मच्चाउने हो थाहा छैन, जुनसुकै बेला सीमा क्षेत्रको अरनिको राजमार्गसँग सम्पर्क टुट्न सक्छ,’ उनले भने ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x