१२ मंसिर २०८३, शुक्रबार

चीन भारत बिच तनाव बढदा भारतिय सेनाले सिमामा हथियार जुटाउदै

एसीपी संवाददाता

२८ कार्तिक २०७८, आईतवार १६:१४ मा प्रकाशित

२८ गते कात्तिक २०७८ ।  LAC मा भारत-चीन सीमा विवादको बीचमा, भारतीय  सेनाले पहाडी क्षेत्रमा थप M-777 Howitzer गन तैनाथ गर्न सक्छ। एक महिनाअघि सेनाले लद्दाख र LAC नजिक यी सुपर पावर गन तैनाथ गरेको थियो। सेना स्रोतका अनुसार केही दिन अघि अमेरिकाको एउटा रिपोर्ट आएको थियो जसमा चीनले LAC नजिकै बस्ती स्थापना गरिरहेको बताइएको थियो । यसबारे सीडीएस बिपिन रावतले पनि चिन्ता व्यक्त गरेका छन् । उनले देशको सबैभन्दा ठूलो शत्रु चीन भएको बताए ।

भारतले नोभेम्बर २०१६ मा अमेरिकाबाट ७५० मिलियन डलरमा १४५ हाविट्जरहरू अर्डर गरेको थियो। स्रोतका अनुसार जुन २०२२ सम्ममा सेनाले थप ५६ एम ७७७ गन पाउनेछ । हालसम्म भारतले अमेरिकाबाट ८९ वटा होविजर प्राप्त गरिसकेको छ ।
LAC मा चीनको कार्यलाई ध्यानमा राख्दै,भारतीय सेनाले पूर्वी लद्दाख र उत्तराखण्ड पछि अरुणाचल प्रदेशसँगको सीमा नाकाबन्दी गरिरहेको छ। चिनियाँ पक्षको तयारीलाई ध्यानमा राख्दै, भारतले वास्तविक नियन्त्रण रेखा (LAC) नजिकका पहाडहरूमा अत्याधुनिक L 70 एन्टी-एयरक्राफ्ट गन तैनाथ गरेको छ । यी पहाडहरूमा सुपर पावरले सुसज्जित एम–७७७ होविट्जर बन्दुकको तैनाथी बढ्न सक्ने भारतिय समाचार एजेन्सीले जनाएको छ ।

भारतीय सेनाले ४० किलोमिटरसम्म प्रहार गर्न सक्ने M-777 Howitzer गनमार्फत चीनलाई कडा सन्देश दिन चाहन्छ। होविट्जरहरू सजिलैसँग आवश्यकता अनुसार एक क्षेत्रबाट अर्को क्षेत्रमा सार्न सकिन्छ। राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य लेफ्टिनेन्ट जनरल एसएल नरसिंहन (सेवानिवृत्त) ले बाँकी M-777 को समावेशले निश्चित रूपमा सेनाको शक्ति बढाउने बताउदै आएका हुन ।

सीमापार चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) को गतिविधिलाई मध्यनजर गर्दै तीन महिनाअघि नै एल–७० एन्टिएयरक्राफ्ट गन तैनाथ गरिएको हो । पूर्वी क्षेत्रमा बोफोर्स तोप तैनाथी पनि सकिएको छ । यससँगै भारतले अब चीनबाट हुने कुनै पनि आक्रमणको जवाफ दिन सक्षम भएको भारतिय दावी छ । सडक, पुल र सुरुङको मर्मत र सेना परिचालन गर्ने तयारी पनि भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x