१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टीद्वारा जनमत ब्यापारिक संघ गठन

एसीपी संवाददाता

३० श्रावण २०७८, शनिबार १४:५७ मा प्रकाशित

जनमत पार्टीको भातृ संगठन व्यापार जनमत संघ बाँकेको मो.एजाज सिद्दिकीको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ । गठन भएको कार्यसमितिको अध्यक्षमा पदमा -मो.एजाज हुसेन सिद्दिकी, उपाध्यक्ष :-सोनू राई, सचिव :-मो.ताज राई,सहसचिव :-वकिल अहमद जसगड,
कोषाध्यक्ष :-जय प्रकाश अधिकारी,
सदस्यद्वय:-इजहार अहमद खान, मो.दाहिद शेष,मो.सरीफ बेहना, संजय कनोजिया, कल्पना सुनार, राहुल शेष, प्रमोद वैश्य, संजय कुमार बर्मा, अमन अंसारी, दिपक पोरवाल, राजेन्द्र सोनी, धर्मराज सोनी, अमीत सोनी! कमलेश सोनी इमरान अहमद शेष तथा नइम रंरेज चयन भएका छन।
आजको कार्यक्रमको अध्यक्षता जिल्ला संगठन प्रमुख रियाज अहमद शेषको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नसिमुन शेष रहेकि थिइन, जिल्ला संगठन प्रमुख रियाज अहमद, जिल्ला अध्यक्ष अनुसासन बिभाग नौसाद अंसारी, मुस्लिम जनमत संघका जिल्ला सदस्य अलि हुशेन बेहना, युवा जनमत संघ बाँकेका जिल्ला सदस्य नसिम सल्मानी, युवा सदस्य सफिक जसगड, मोहम्मद हुशेन खान,केन्द्रीय सदस्य इरफान अहमद शेष, जिल्ला सदस्य अलताफ राई,डुडुवा उपाध्यक्ष शान्ति गोडिया, किसान जनमत संघको जिल्ला सदस्य माधवराम बर्मा,लगायतका नेताहरुको विशेष उपस्थितिका बिच भब्य कार्यक्रम सम्पन्न भएको छ।आजको कार्यक्रम जनमत पार्टी बाँकेको कार्यालय, नेपालगन्ज-९ चारवाहिनी सभाहलमा गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x