१२ मंसिर २०८३, शुक्रबार

जनमत पार्टी प्रवेश गर्नेको लहर छ – ईरफान

एसीपी संवाददाता

१३ भाद्र २०७८, आईतवार ०२:३३ मा प्रकाशित

नेपालगन्ज बाँके,
जनमत पार्टीमा प्रवेशको लहर,३ दर्जन भन्दा बढी प्रवेश । डुडुवा गाउपालिका-३ मा एक भेला गरि जनमत पार्टीमा प्रवेश गरेका छन, आजको भेला कोईली पठान जि को नेतृत्वमा गरिएको जानकारी युवा नेता अब्दुल वाहिद शेष दिएका छन, आजको पार्टी प्रवेश कार्यक्रमको ब्यवस्थापन चाँद बाबू सिद्दिकी , जिल्ला सदस्य मो.फारूक हासमी, रामू जि तथा जलालुद्दीन हल्वाईले गरेका थिए।
आजको कार्यक्रममा बोल्दै युवा नेता अब्दुल वाहिदले मधेसको समस्या , समाधान , मधेसी जनताको आवस्था लगायतको बिषयमा प्रकाश पारेका थिए त्यस्तै चाँद बाबू सिद्दिकीले जनताले गर्नु पर्ने कार्यको बारेमा बताएका थिए भने मो.फारूक हासमीले अब आउने चुनावमा भोट किन जनमतलाई दिइने बारे सिकाएका छन।
आजको कार्यक्रम पश्चात् विभिन्न पार्टी परित्याग गरि ३ दर्जन भन्दा बढि जनमत पार्टीमा प्रवेश गरेको जानकारी मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष अब्दुल वाहिद शेष ले जनाएका छन, आजको कार्यक्रममा बोल्दै बाँके जिल्ला संगठन प्रमुख रियाज अहमद शेषले आउने चुनावमा जनमत एक नंबरको पार्टी बन्ने पक्का भएको ठोकुवा गरेका छन, त्यस्तै जनमत पार्टीका नेता तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी इरफान अहमदले बोल्ने क्रममा जनमत पार्टी पहिलाको जस्तो मधेसवादी नभई सच्चा मधेसी जनताको पार्टी भएको भनेका छन।
कार्यक्रममा बोल्दै नेता शेषले मधेसको आजको आवस्थाको जिम्मेवार यहाका कथित मधेशवादी नेताहरु नै हुन अब आउने चुनावमा यस्ता नेताहरुलाई मधेसवाट मत न दिएर बहिष्कार गरिनुको बिकल्प छैन र साथै आफ्नो सच्चा मधेसी जनताको हकहितको लागि लडने जनमत पार्टीको चुनाव चिन्ह लौडिस्पिकरमा छाप लगाउन समेत अह्वान गरेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x