१२ मंसिर २०८३, शुक्रबार

जसपा पनि अदालतमै पुग्यो के हुन्छ अब ?

एसीपी संवाददाता

१८ बैशाख २०७८, शनिबार ००:५० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीमा विधान विपरीत एकलौटी रुपमा अघि बढेका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई झड्का लागेको छ ।

प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षलाई जानकारी नै नदिई पूर्वसमाजवादी खेमामै केन्द्रीय कार्यकारिणी बैठक राखेर लुम्बिनीमा सांसदलाई कारवाही गर्ने निर्णय गर्दा उपेन्द्र र बाबुरामविरुद्ध मुद्दा परेको हो ।

लुम्बिनी प्रदेशसभाले पदमुक्त गरेका जसपाका ४ जना प्रदेशसभा सदस्य कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध चारै जना आजै सर्वोच्च अदालतमा जाने भएका हुन् ।

प्रदेश सभा सचिवालयले हिजो सूचना जारी गरी जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरी पदमुक्त गरेको थियो ।

गत वैशाख ६ गते लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्ववास प्रस्ताव दर्ता भएलगत्तै जनता समाजवादी पार्टीका सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई मन्त्री बनाईएको थियो ।

मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्तावमा उनीहरूले समेत हस्ताक्षर गरेका थिए । तर त्यसको एक घन्टापछि चारै जना सरकारमा सहभागी भएपछी कारबाही गरिएको हो । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x