१२ मंसिर २०८३, शुक्रबार
जसपा पार्टीका तीन जना सांसद कार्यवाहीमा
नेपालगन्ज । जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सभाका तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ ।
आज मंगलबार बसेको जसपाको कार्यकारिणी बैठकले लुम्बिनी प्रदेशसभामा निर्वाचित सांसदहरु विजय यादव, कल्पना पाण्डे लम्साल र सन्तोष पाण्डेलाई पार्टीबाट निष्कासित गरेको हो ।
लुम्बिनी प्रदेश सरकारमा सहभागी ४ जना सांसद मध्ये केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । उनीहरुलाई निष्कासित गरेसँगै प्रदेश सांसद पद रिक्त राख्नका लागि जसपाले लुम्बिनी प्रदेशका सभामुखलाई पत्र लेख्ने निर्णय गरेको छ ।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको भन्दै यसअघि पनि जसपाको उपेन्द्र यादव पक्षले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णय विपरीत रिट लिएर सर्वोच्च अदालत गएका उनीहरुको पद सर्वोच्चको आदेशमा थमौती भएको थियो ।
Subscribe
Login
0 Comments


