१२ मंसिर २०८३, शुक्रबार

जापान तर्फ ताकेर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

एसीपी संवाददाता

१ आश्विन २०७८, शुक्रबार ०१:४१ मा प्रकाशित

१ गते असोज २०७८ शुक्रबार । जापानी संचार माध्यमहरुका अनुसार उत्तर कोरियाले बुधबार दिउँसो जापान तर्फ ताकेर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दुईवटै क्षेप्यास्त्र प्रक्षेपण जापानको विशेष आर्थिक क्षेत्र बाहिरको जापान सागरमा खसेको यहाँको सरकारले बताएको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चीफ्स अफ स्टाफका अनुसार उत्तर कोरियाले बुधबार दिउँसो दुईवटा ब्यालिस्टिक मिसाइल आफ्नो केन्द्रीय आन्तरिक क्षेत्रबाट प्रहार गरेको थियो । सियोलले मिसाइलको प्रकार र उडान दूरीको पहिचानको प्रयास विश्लेषण गरीरहेको बताएको छ ।

पछिल्ला विवरणहरु अनुसार ६० किलोमिटर सतहबाट उडान भरेको मिसाइल ८०० किलोमिटर यात्रा पारेको थियो ।

मिसाइल स्थानिय समय अनुसार मध्यान्ह १२ बजेर ३४ मिनेट र १२ बजेर ३९ मिनेटमा प्योन्ग्यान प्रान्तको यान्गदोकबाट प्रहार गरिएको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले राष्ट्रपति मुन जाय इनले आफ्नो राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर स्थितिबारे छलफल गर्ने बताएको छ ।

जापान सरकारले पनि यस विषयमा कडा प्रतिक्रिया दिइरहेको छ ।

जापानका प्रधानमन्त्री सुगा योशिहिदेले उत्तर कोरियाको पछिल्लो प्रक्षेपण अपमानजनक भएको भन्दै उनीहरुले जापान र यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पार्न खोजेको टिप्पणी गरेका छन् । उत्तरले संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्तावहरुको पनि उल्लंघन गरेको बताउँदै जापान कडा विरोध र यस्ता कार्यहरुको निन्दा गर्ने बताए ।

गत मार्चमा, उत्तर कोरियाले दुई क्रूज मिसाइल परीक्षण गरेको बताएको थियो । लगत्तै चार दिन पछि दक्षिण हामग्योन्ग प्रान्तबाट दुई वटा छोटो दूरीको व्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

प्योगंयांगले सोमबार उसले सप्ताहन्तमा नयाँ विकसित लामो दुरीको क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेको थियो । उक्त मिसाइलले उत्तर कोरिया र देशको क्षेत्रीय पानीमा करिब दुई घण्टाको यात्रा गरेपछि १,५०० किलोमिटर टाढा लक्ष्यमा प्रहार गरेको थियो ।

जापान, दक्षिण कोरिया र अमेरिकाका वरिष्ठ अधिकारीहरु मंगलबार टोकियोमा उत्तर कोरियाको बारेमा नवीनतम मुद्दाहरु मा छलफल गर्न भेटेका छन् । उक्त भेटवार्तामा तीनवटै देशका अधिकारीहरुले उत्तरको लागी प्रतिक्रिया दिन एक अर्का संग नजिक बाट काम जारी राख्ने सहमती गरेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x