१२ मंसिर २०८३, शुक्रबार

डा.शेखरको मष्तिष्कको उपच  काग्रेस एमाले गठवन्धन

एसीपी संवाददाता

२६ असार २०८१, मंगलवार २१:३१ मा प्रकाशित

ओम आचार्य
प्रचण्डले राजिनामा नदिने संसदमा विस्वासको मतकालागी फेस गर्ने निर्णय संविधानत र प्रकृयागत ठिक छ ! र यो लोकतन्त्रमा संसदको गरिमालाई स्विकार्नु आफैमा राम्रो हो!
संसदमा गणितिय हिसावले भारी अल्पमतमा देखिएका प्रधानमन्त्रीले नैतिकताको हिसाबले तुरुन्तै राजिनामा दिनु पर्छ ! यो भनाइ हो अहिलेको दुई ठुला दल जो गठवन्धन गर्दै सरकार वनाउन व्यग्र देखिएका काग्रेस र एमालेको!
अहिले यि दुइ दलले मानसिक र राजनीतिक हिसावले प्रधानमन्त्री माथि दवाव दिन थालिरहेका छन ! अषाड अठ्ठाइसमा विस्वासको मतलिने जानकारी गराइ सक्दा पनि राजिनामा देउ भनेर दवाव दिनु सरकारमा जाने व्यग्रता बाहेक केही हैन!   भने अर्को तिर आफुलाइ जादुगर भन्ने प्रचण्डको जादुको पनि डर यि दुृइ दलमा देखिन्छ!
अहिले देशको राजनीति अस्वस्थ र विषाक्त हुदै गएको छ!कुनै पनि दल स्वस्थ्य राजनीति गरिरहेका छैनन! सबै दल र दल भित्रका नेताहरु समेत अरु दल प्रती रोष र बदलाको भावले अगाडी बडिरहेको छ ! यही भाव ले ग्रसित एमालेले प्रचण्ड सरकारवाट बाहिरिन्दै विस्वासको मत फिर्ता लिएको हो ! यसैको परिणाम हो अहिलेको अन्यौल को स्थिती !
प्रचण्ड सजिलै एमालेको नेतृत्वमा हुने भनिएको गठवन्धन को सरकारलाई सजिलै सत्ता हस्तान्तरण गर्ने मनस्थितीमा छैनन!
दुइ वामपन्थि दल जस्ले सत्ता प्राप्ती गर्नु नै अन्तिम लक्षमा मान्छन ! यि दुइ वामपन्थि दलमा एक एमाले  सत्ताप्राप्तीको लागी व्यग्र छ भने अर्को दल माओवादी कसरी हुन्छ त्यो गठवन्धन तोडेर एमाले दलमानै हस्तान्तरण गर्नु नपरोस !
सायद यसै शिलशिलामा प्रचण्डले संस्थापन इतर समुहको नेतृत्व गरिरहेका डा. शेखर कोइराला संग भेट समेत गरेका छन ! यि दुइ विच भएको सम्बाद बाहिर आएको छैन!
एमाले र काग्रेसको गठवन्धन 
एमाले र काग्रेसले गठवन्धन गरेर मुलुकला स्थाइत्व दिनु पर्ने र संविधानका  केही जटिलता लाइ संशोधन गरेर जानु पर्ने विसय उदघोष गर्दै आइरहेका डा. शेखर कोइराला पटक पटक गठवन्धन को सम्बाद पनि के पी ओली संग गरिरहेका थिए ! तर पछिल्लो पटक एमाले संग काग्रेसको गठवन्धन गर्ने निर्णय गरिदा सभापती देउवाले  डा. शेखर कोइराला उपस्थित गराएन मात्र  हैन उनि संग पछिल्लो पटक गठवन्धन विसयमा  सम्बाद सम्म नभएको हुन सक्छ!
काग्रेस एमालेको गठवन्धन सरकारमा डा. शेखरलाइ सरकार बाहिर नै राख्ने रणनीतिमा उप- प्रधानमन्त्री नराख्ने सहमती समेत गठवन्धन मा हुनुलाइ लिन सकिन्छ!यो सहमतिमा विशेश गरेर काग्रेस को नै पहलमा निर्णय भएको हुन सक्छ!
एमाले संग काग्रेसको गठवन्धन गर्ने विचार र सोच र अभियानको उद्गम डा. शेखरकै मष्तिष्कको उपच हो र अहिले यिनैलाइ छाँयामा राखेर गर्न थालिएको गठवन्धन काग्रेस भित्र संस्थापन इतरलाइ अरु क्रोधित वनाउनु सिवाय केही होइन! यस्ले काग्रेस भित्रको यो असन्तुष्टी अन्य दलले खेल्नै ठाउ पाउछन यसैको परिणाम हो प्रचण्ड र शोखरको भेट!
डा. शेखर कोइराला संसदिय दलमा सभापति हुने चर्चा र प्रयास ले पनि संस्थापन झस्केको र तर्सेको हो ! प्ररम्भमा  धारा ‌‌३ अनुसार गठवन्धन गरौ भन्ने सभापति देउवाले धारा २ अनुसार नै सहमती गर्न बाध्य भएकाहुन !र यो उन्कालागी र सिंगो काग्रेस पाटीलाइ हितकर देखिन्दैन ! यहा नेर पाटी सभापती देउवा चुकेकै हो भन्नु पर्छ!
काग्रेसको आन्तरिक कलह र वैमन्स्यताले एमाले सभापति केपी ओलीलाइ प्रधानमन्त्री हात लागेको हो भन्नु पर्ने हुन्छ!
यस्तो विधमान अवस्थामा दिगो र स्थाइ सरकारको परिकल्पना गरेर गरिएको गठवन्धन को जग कमजोर देखिन्छ!
यही कुरा बुजेर प्रधानमन्त्री ले डा.शेखर कोइरालालाइ भेटेर केही जादु गर्न सकिन्छ की भन्ने हो र एमाले लाइ सत्ता हस्तान्तरण गर्नु नपरोस भन्ने हो !
अर्को तर्फ संविधानको २ अनुरुप अव सरकार हैन ३ अनुसार सरकार वन्नु सक्छ भन्ने चर्चा पनि चलिरहदा र यस्तो अवस्था सृर्जना भएमा प्रचण्ड को रणनीति सफल हुने देखिन्छ!धारा २ अनुरुप सरकार वन्ने अवस्था रहुनन्जेल धारा ३ को सम्भावना छ जस्तो लाग्दैन तर केही कानुन विद र डा.शेखर कोइरालाले पनि यस्तो सम्भावना देखेका छन ! यस्तो अवस्थामा राष्ट्रपतिको विवेकमा निर्भर छ पनि भनिन्दै छ ! संविधान र प्रकृयाको कुरामा सायद विवेक प्रयोग हुन्छ जस्तो म देख्दिन तथापी त्यस्तो भएमा अदालतमा पुक्छ यो मुध्दा !
कथम कदाचित ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न काग्रेसले पायो भने के हुन्छ? यस्तो अवस्थामा काग्रेस एमाले गठबन्धन निरन्तर अगाडी वड्छ की भंग हुन्छ !यस्तो अवस्थामा गठवन्धनको को जग कमजोर देखिएपनि  काग्रेसको धर्म र इमान्दारिता के हो भने एमाले संग भएको सहमती अनुरुप नै आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार निर्माण गर्नु नै काग्रेसको लागी असल र स्वास्थ राजनीतिक निर्णय हुन्छ अन्यथा पुन काग्रेस सरकारमा संकट आउन सक्छ!
        संसदमा देशका दुइ ठुला दलको गठवन्धन हुदै गर्दा प्रधानमन्त्री प्रचणड भारी अल्पमतमा त छदै छ अर्को तिर कर्मचारी ले पनि असहयोग गर्न थालेका छन ! यस्तो अवस्थामा प्रचणडले जादा जादै केही निर्णय गर्न खोज्दा कर्मचारीले सिधै रोक्न थालेका छन! प्रधानमन्त्री ले विधमान अवस्थामा गम्भिर दुरगामी महत्वका विसयमा निर्णयमा नजानु नै युक्तिसंगत हो!
अव प्रचण्ड के गर्छन
संसदमा विस्वासको मत लिन नसक्दा उनले गर्ने सम्बोधन नै उन्को अश्त्र शस्त्र हुने छ ! त्यतिखेर उनले मिसाइल हान्ने छन ! क्षेप्याश्त्र प्रयोग गर्ने नै ! उन्को प्रत्याआक्रमण हुने छ! केपी ओली को राजनीतिलाइ उन्को राजनीति गर्नै शैली र अन्यदल प्रती केपीको भाव त्याहा प्रस्तुत हुने छ! प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्था को विकृती र दुरासायको उद्घाटन गर्दै पर्दाफास गर्ने छन !यस्को सबै भन्दा बडी क्षती एमालेमा हुने देखिन्छ भने अर्को तिर जनतामा आइरहेको दल प्रतीको वितृष्णा र निराशामा अरु थप हुने देखिन्छ! र गणतन्त्र प्रती पनि उच्चाटन पैदा गराउन सक्छ!
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x