१२ मंसिर २०८३, शुक्रबार

डुडुवा गाउँपालिकामा शैक्षिक संस्थाहरु आईतवारदेखि संचालन हुँदै

एसीपी संवाददाता

६ आश्विन २०७८, बुधबार १७:३५ मा प्रकाशित

६ गते असोज २०७८ बुधबार । बाँकेको डुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु असोज १० गते आईतवारदेखि खोल्ने तयारी गरिएको छ । जिल्लाका सबै पालिकाहरुले एक साताअघि नै विद्यालय संचालनको अनुमति दिएको भएपनि डुडुवाले बल्ल विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीको अध्यक्षतामा असोज ५ गते प्रधानाध्यापकहरुबीच बसेको बैठकले असोज १० गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने छलफल सहित निर्णय भएको छ
। बैठकमा लामो समयदेखि विद्यालय बन्द भएका कारण विद्यालयमा सरसफाई गर्नुपर्ने र गाउँपालिकाभित्र रहेका सम्पूर्ण शैक्षिक संस्थाहरुमा सेनिटाईजर (स्प्रे गराई) मास्क, साबुन, सर्फ, थर्मल गन लगायत स्वास्थ्य सामग्री उपलब्ध गराई मात्र विद्यालय सञ्चालनमा ल्याउने छलफल भएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सञ्जय कुमार कर्णले जानकारी दिनु भयो

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x