१२ आश्विन २०८३, सोमबार

तपाईंको मास्क खोइ अभियानमा नेपालगन्ज अग्रसर

एसीपी संवाददाता

३२ श्रावण २०७८, सोमबार ०४:५१ मा प्रकाशित

श्याम कुमार शाहु । अहिले नेपालगन्जमा मास्क खोइ भन्ने अभियान मार्फत जागरुकता फैलाउने काम भैइ रहेको छ । समजसेवी ब्यापारी लगाएत ब्याक्तित्वहरु समेत तपाईंको मास्क खोइ भन्ने अभियानमा लागेका छ । यहि क्रममा बायोर्सेल्फ द्वारा २०८० थान मास्क र ३०० थान साबुन जमुनाह देखि बीपी चौक सम्म सर्बसाधारणलाई वितरण गरिएको छ ।


तपाईंको मास्क खोइ भन्ने मुल नाराका साथ नेपालगन्जलाई कोरोना संक्रमण बाट जोगाउन सहयोग मास्कले सबैको सुरक्षा हुने भएकोले अनिवार्य मास्कको प्रयोग गरौ भन्ने अभियान थालिएको हो । भौतिक दुरि कायम गरौ , अनिवार्य मास्क प्रयोग गर्ने बानी बसालौ , हाथलाई मिची मिची धुने बानीको जागरुकता होस ।

आयोजक बि योरर्सेल्फ तथा सस्थापक गौरब शाहको सक्रियता तपाईंको मास्क खोइ अभियानको संचालन भएको हो । चिनको वुहान शहरबाट शुरु भएको कोभीड १९ वकोरोना महामारीले बिश्वमा लाखौको ज्यान गएको छ । कोरोना उत्पत्ति बारे अहिले बिश्व स्वास्थ्य संगठन अनुसन्धान गर्नु पर्ने चीनलाई भनी रहेको छ । यसै चीनमा समेत दोस्रो पटक कोरोना संक्रमण बढेको छ । अहिले तेस्रो लहर शुरु हुन संका रहदै आएको यस्तो नेपालमा अहिले सावधानी अपनाउन जरुरी रहेको छ ।

अहिले नेपालगन्जमा विभिन्न सघ सस्थाहरुले पनि तपाईंको मास्क खोइ भन्ने मुल नाराका साथ अभियान शुरु गरेका हुन । मास्कले र भौतिक दुरिले कोरोना संक्रमणलाई पराजित गरि जिउ ज्यानको सुरक्षा हुन सक्छ । यसै बिच तपाईंको मास्क खोइ अभियानमा अध्यक्ष – अनुपा चौधरी, उपाध्यक्ष – प्रेक्छा के सी
सचिव – शिवम् शाह, कोषाध्यक्ष – विजय कोरी, सदस्य – मधु शाह, रोसी श्रेष्ठ, सत्यम बर्मा, सुप्रिया शाह, दिनिता शाह, रबिन, अमित, कोशल, उत्तम वैश्य लगाएतको सहभागीता रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x