१२ मंसिर २०८३, शुक्रबार

तालिबानको आतंककारी संगठन सङ पाकिस्तानी क्रीकेटर सहिद अफ्रिदिको भेट्घाट

एसीपी संवाददाता

५ भाद्र २०७८, शनिबार ०९:११ मा प्रकाशित

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको आतकंवादी संगठन तालिवानसँग उठबस, जो इपीएल खेल्न नेपाल आउँदैछन् नेपाल सरकारको एक्सन के ?

काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको आतंकवादमा संलग्न चरमपन्थी संगठन तालिवानसँग कनेक्सन देखिएको छ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरिरहेको तालिवानका एक नेतासँग अफ्रिदीको उठबस पाइएको हो । 

पछिल्लो समयको पाकिस्तानी टि – २० क्रिकेट लिगमा तालिवानका कमाण्डरसँग अफ्रिदी एकै मञ्चमा देखिएका थिए । अहिले अफगानिस्तानमा सत्ता कब्जा गर्दा ति तालिवानी कमाण्डर अग्रपंक्तिमा देखिएका छन् । विश्व समुदायले तालिवानलाई आतंकवादी संगठन भन्दै प्रतिबन्ध लगाइरहेका त्यसैसँग कनेक्सन भएका क्रिकेटर अफ्रिदी नेपाल आउँदैछन् । उनी नेपालमा चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न नेपाल आउन लागेका हुन् । 

IMG-20210820-WA0000.jpg

इपीएल असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुँदैछ । अफ्रिदी काठमाडौं किङ्स-११ बाट क्रिकेट खेल्न काठमाडौं आउने तय भएको छ । तर उनको आतंकवादी कनेक्सन देखिएसँगै कुटनीतिक र अन्तर्राष्ट्रिय कुटनीतिका हिसाबले बन्देज लगाउनुपर्ने कुटनीतिका जानकार बताउँछन् । उनलाई स्वागत गर्दा नेपालको छवि धुमेलिने भएकाले सचेत हुनुपर्ने जानकार बताउँछन् ।  

IMG-20210820-WA0001.jpg

अफ्रिदीको आतंकवादी कनेक्सन पर्दाफास भएपछि इपीएलका अध्यक्ष अमिर अख्तरमाथि पनि नल्याउन दबाब बढेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x