१२ मंसिर २०८३, शुक्रबार

तालिबानमा भारतीय दूतावास कब्जा ” कागज जफ्त

एसीपी संवाददाता

४ भाद्र २०७८, शुक्रबार १६:०५ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानमा रहेको भारतीय दूतावासमा तालिबान लडाकुहरू प्रवेश गरी खानतलासी गरेका छन् ।

अफगानिस्तानको कान्दहार र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबानीहरू ताल्चा तोडेर भित्र प्रवेश गरी र खोज–तलासी गर्नुका साथै तोड्फोड समेत भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

तालिबानीहरूले त्यहाँ रहेका गाडीसहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

तालिबानीको पछिल्लो कदमपछी अफगानिस्तानमा रहेको भारतीय दूतावासहरू बन्द गरिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x