तालिवानमा आत्मघाती बम विष्फोटमा कम्तीमा १०० बालबालिकाको मृत्यु
अफगानिस्तानमा तालिबान शासनपछि बम विस्फोटका घटनामा कमी आएको छैन। राजधानी काबुलको एक विद्यालयमा भएको आत्मघाती बम विष्फोटमा कम्तीमा १०० बालबालिकाको मृत्यु भएको जनाएको छ । रिपोर्टिङका क्रममा मानवीय संवेदना हल्लिएको स्थानीय पत्रकार बताउँछन् । विद्यालय वरपरको शव पहिचान गर्न पनि गाह्रो भएको छ । कतै हात थिए, कतै खुट्टा । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो । सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो । 
बीबीसी रिपोर्टका अनुसार शहरको पश्चिममा रहेको दश्त-ए-बर्ची क्षेत्रको काज स्कूलमा विस्फोट भएको थियो। स्थानीय पत्रकार बिलाल सरवारीले हमलाबारे ट्वीट गर्दै भनेका छन्, “हामीले अहिलेसम्म हाम्रा १०० विद्यार्थीको शव गणना गरेका छौं। मारिने विद्यार्थीको संख्या धेरै छ। कक्षा खचाखच भरिएको थियो। ती विद्यार्थीहरू विश्वविद्यालयमा भर्ना हुने तयारी गरिरहेका थिए।” भेला भयो।” यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् । बीबीसीका अनुसार हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको हो । घटनाको कुनै समूहले जिम्मा लिएको छैन ।


