१२ मंसिर २०८३, शुक्रबार

तालिवानलाई ठुलो झटका युरोपियन देशले अझै मान्यता नदिने

एसीपी संवाददाता

२१ मंसिर २०७८, मंगलवार ०२:५६ मा प्रकाशित

२१ गते मङ्सिर २०७८ ।  युरोपेली युनियनमा आबद्ध अधिकांश देशहरुले अफगानिस्तानमा संयुक्त कूटनीतिक मिसन खोल्ने तयारी गरिरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले सो जानाकारी दिएका हुन् । अफगानिस्तानमा रहेका विदेशी नियोगका प्रमुख र राजदूतहरुको सुरक्षाका लागि संयुक्त कूटनीतिक मिसन अ‌ावश्यक भएको उनले बताए । मिसन चाँडै स्थापना हुने पनि उनको विश्वास छ ।

तालिवानले अगस्टमा अफगान सत्ता नियन्त्रणमा लिएपछि पश्चिमा देशहरुका राजदूतहरुले देश छोडेका थिए । तालिवानले नियुक्त गरेका अधिकांश मन्त्रीलाई अमेरिका र राष्ट्रसंघले प्रतिबन्ध लगाएका छन् । ‘हाम्रा राजदूतहरुलाई सहज बनाउन अफगानिस्तानमा युरोपेली मुलुकको साझा संगठन खोल्ने बारेमा हामीले साचिरहेका छौं’, म्याँक्रोले भने ।

उनले अगाडि भने, ‘तालिवानलाई राजनीतिक रुपमा मान्यता दिनु भन्दा वा उनीहरुसँग राजनीतिक विषयमा छलफल गर्नु भन्दा साझा राजनीतिक मिसन खोल्नु उपर्युक्त हुन्छ ।’

यसैबीच, देशबाहिर जान चाहेका करिव ३०० अफगानीलाई कतारले उदार गरेको फ्रान्सले जनाएको छ । अमेरिकी सेनाले अफगानिस्तान छोडेको अन्तिम दिन करिव एक लाख २४ हजार मानिसले देशबाट बाहिरिएका थिए । सम्बन्धित देशहरुमा जानुअघि उनीहरु सबै जना कतार पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x