३ कार्तिक २०८३, सोमबार

तिब्बती जनतालाई दबाउने चिनियाँ प्रयास जारी लेखकलाई १० बर्षको जेल

एसीपी संवाददाता

२८ मंसिर २०७८, मंगलवार ०२:०० मा प्रकाशित

२८ गते मङ्सिर २०७८ । तिब्बती लेखक गो शेराब ग्यात्सोलाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्धाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो ।

चीनद्वारा करिब ८ लाख तिब्बती बालबालिकालाई उसको अभिभावकबाट अलग्गै बस्न बाध्य पारेको खुलासा

 

४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार व्यक्त गर्ने लेखकको रुपमासमेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए ।

किन चीनले दलाईलामाको उत्तराधिकारी तोक्न नाक बटारिदै ?


सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो । हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ। एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x