४ श्रावण २०८३, सोमबार

त्रिसुली नदीमा गत चार दिन देखि वेपत्ताको खोजीमा भारतिय बिज्ञ आउने

एसीपी संवाददाता

१ श्रावण २०८१, मंगलवार ०८:१० मा प्रकाशित

त्रिसुली नदीमा गत चार दिन देखि वेपत्ता भएका दुई डिलक्स बस र त्यसमा सवार यात्रुहरुलाई खोजी कार्यमा मद्दत पुर्याउन भारत र बंगलादेश संग नेपाल सरकारले सोहयोग मागेका छन् ।
विरगंजबाट काठमाडौं तर्फ जादै गरेका बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर आउदै गरेको बागमती प्रदेश ३–००१ख २४९५ नम्बरको गणपति डिलक्स बस नारायणगढ–मुग्लिङ सडक खण्डमा भरतपुर महानगरपालिका वडा नम्वर २९ सिमलतालमा शुक्रवार विहान ३.३० बजेको समयमा लेदो सहितको पहिरोमा परेर त्रिशुली नदीमा खसेर बस वेपत्ता भए ।
तिन दिन सम्म खोजी कार्य एवं उद्धार कार्यमा नेपाली सुरक्षाकर्मीहरलाई परिचालन गरिए तर उपयुक्त नदेखिएपछि गृह सचिव एकनारायण अर्यालले खोजी कार्यलाई तिव्रता दिन भारत र वंगलादेशलाई सहयोग माग गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
हिजो गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।
स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसाल, नेपाल प्रहरीका आइजीपी सहितका सुरक्षा निकायका टोलीले स्थलगत रुपमा अनुगमन निरीक्षण गरे पश्चात भारत र वंगलादेश संग सहयोग माग गरिएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x