१३ आश्विन २०८३, मंगलवार
थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते संविधान जलाउने घोषणा
भदौ २७ गते २०७८ आइतबार । असोज ३ गते संविधान जलाउने मोर्चाले घोषणा गरेको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चासहित थारु संघसंस्थाहरुले संविधान जलाउने भएका छन्। उनीहरुले असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णयसमेत गरेका छन्। थारुहरुले संविधानलाई अपुरो भएको भन्दै संशोधनको माग उठाउँदै आएका छन्। थारुहरुको हक अधिकारीलाई वञ्चित गर्नेगरी संविधान जारी भएको थारुहरुको आरोप छ। जसका कारण असोज ३ लाई वर्षेनि कालो दिनको रुपमा थारुहरुले संविधान जलाउँदै आएका छन्।
मोर्चालगायत थारु सम्बद्ध संघसंस्थाले थारु समुदायले उठाउँदै आएको माग मुद्दा सम्बोधन नभएसम्म असोज ३ खुशीयालीको दिन हुननसक्ने बताएका छन्। मोर्चाले सो दिन बृहत् सभा आयोजना गरी संविधान जलाउने कार्यक्रम आयोजना गर्ने बताएको छ।
Subscribe
Login
0 Comments


