१२ आश्विन २०८३, सोमबार

दक्षिण अफ्रिकाबाट आएका दुई जना कोरोना पोजेटिभ देखिएपछि भारतमा उच्च सतर्कता

एसीपी संवाददाता

१३ मंसिर २०७८, सोमबार ००:३१ मा प्रकाशित

१३ गते मङ्सिर २०७८ । दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। दक्षिण अफ्रिकाबाट आएका दुई जना कोरोना पोजेटिभ देखिएपछि भारतले उच्च सतर्कता अपनाएको हो।

भारतीय अधिकारीहरुका अनुसार ती दुवै जनालाई ‘आइसोलेट’ गरिएको छ। उनीहरुमा ओमिक्रोन भेरियन्ट रहेको वा नरहेकोबारे बुझ्न स्वाव पठाइएको बताइएको छ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालीन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन्।

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x