दक्षिण चीन सागरमा चीनले अबैध गतिबिधि गरेको भन्दै फिलिपिन्सको चेतावनी
सिंगापुर । दक्षिण चीन सागरमा चीनले अबैध गतिबिधि गरेको भन्दै फिलिपिन्सले चिनियाँ अधिकारी निष्कासन गर्ने धम्की दिएको छ ।
दक्षिण चीन सागरस्थित बिषयलाई लिएर पिलिपिन्सले राजधानी मनिलामा कार्यरत चिनियाँ कुटनीतिक प्रवत्तालाई निष्कासन गर्ने धम्की दिएको हो । दक्षिण चीन सागरस्थित ह्विटसन रिफ क्षेत्रमा चीन समुद्री लडाकुहरुले अबैध रुपमा माछा मारेको भन्दै फिलिपिन्सले आपत्ति जनाएको हो ।
ह्विटसन रिफ क्षेत्रमा संकास्पद दुई सय बीस वटा माछा मार्ने डुंगा फेला परेको र यो चीन समुद्री लडाकुको हुन सक्ने फिलिपिन्स रक्षा तथा विदेश मामिला मन्त्रालयले जनाएको छ ।
फिलिपिन्सले ह्विटसन रिफ आफ्नो छुट्टै आर्थिक क्षेत्र भएको बताउँदै सो क्षेत्रमा कुनै किसिमको हस्तक्षेप मान्य नहुने बताएको छ । चिनियाँ समुद्री लडाकुको दर्जनौं डुंगाहरु सो क्षेत्रमा फेला परेको भन्दै चीन बिरुद्ध कुटनीतिक बिरोधमा उत्रीने फिलिपिन्स विदेश मामिला मन्त्री टेडी लोक्सीनले चेतावनी दिएका छन् । आफ्नो समुद्री क्षेत्रमा चीनले अबैध रुपमा माछा मार्ने काम गरेको भन्दै निगरानीका लागि फिलिपिन्सले ह्विटसन रिफ नजिकै नौसेना खटाएको छ ।
चीनको यस्तो गतिबिधिले अन्तराष्ट्रिय कानुनको उल्लंघन गरेको तथा पश्चिम फिलिपिन्स सागर क्षेत्रमा कब्जा जमाउन खोजेको स्पष्ट देखिएको फिलिपिनी रक्षा मन्त्री डेल्फिन लोरेन्जनाले टिप्पणी गरे । विवादित दक्षिण चीन सागर क्षेत्रमा चीन, फिलिपिन्स, ब्रुनेई, भियतनाम, मलेसिया लगायत मुलुकहरुले आफ्नो क्षेत्राअधिकारको दाबी गर्दै आएका छन् । स्रोत द सिड्नी मर्निङ हेराल्ड


