१२ मंसिर २०८३, शुक्रबार
दाङमा अवैध लागूऔषध सहित दुई जना पक्राउ
२७ गते कात्तिक २०७८ । दाङमा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन ।
जिल्लाको राप्ती गाउँपालिका-१ पाखापानीबाट १ ग्राम ९२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय उमेश गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।
Subscribe
Login
0 Comments


