१२ मंसिर २०८३, शुक्रबार

दाङमा ५० लाख प्रलोभनमा पार्ने ३ जना महिला पक्राउ

एसीपी संवाददाता

३ आश्विन २०७८, आईतवार १३:५३ मा प्रकाशित

३ गते असोज २०७८ आइतबार । दाङमा एक जना पुरुषलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाँको बार्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका तीन जना महिलाहरुलाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।

घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसी(नाम परिवर्तन) लाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाएको र साँझ परेपछि घर जाउँ भन्दा महिलामाथि हातपात गरेको भन्दै जवरजस्ती करणीको मुद्दा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ बर्षीया सितादेवी थापा, सोही ठाउँ निवासी ३५ बर्षीया खुमा वली र ३२ बर्षीया सुष्मा परियार रहेका प्रहरी प्रमुख काफ्लेले बताए ।

‘पक्राउ परेका मध्ये सितादेवी थापा र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी घरायसी विषयको मुद्दा छ, तपाईं कानुन जानेको मान्छे भनी घोराही–१५ मा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएका रहेछन्’–पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने–‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन् । त्यसपछि ती पुरुषलाई तथानाम गालीगलौज गर्दै तँ महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्दा हाल्छौं भनेर सुरुमा निस्किएका रहेछन् ।’

त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनी डर त्रास देखाई ५० लाख रुपैयाँको माग गरेको र अन्त्यमा एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराइसकेको अवस्थामा प्रहरीले शनिवार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए ।

पक्राउ परेका महिलाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, पक्राउ परेकी मध्ये एक महिलाले आफूहरुलाई प्रहरीले पीडकसंग नै मिलेर फसाउन खोजेको आरोप लगाएकी थिइन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x