१२ मंसिर २०८३, शुक्रबार
दुई लिटर कोरेक्स लागू औषध सहित शाही पक्राउ
२६ गते कात्तिक २०७८ । दुई लिटर कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट सहित एक जना जमुनाह नाका बाट पक्राउ परेको छ्न ।
बिहिवार करिब चार बजेको समयमा जिल्ला बाँके नेपालगंज उ.म.न.पा.१५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगंज बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वार्ड नं.३ बस्ने वर्ष ३० को बबिन शाहीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट कालो प्लाष्टिक भित्र रहेको दुई वटा Real Juice को बट्टा भित्र लुकाइ राखेको अवस्थामा पक्राउ परेका हुन । उनी सङ २ लिटर लागू औषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट जस्तो पदार्थ फेला परेको हो । लागू औसधि बरामद भएको हुँदा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले बिज्ञप्तिमा जनाएको छ ।
Subscribe
Login
0 Comments


