देशभर बर्षाको संभावना पश्चिमबाट पुर्ब तर्फ सर्दै
३ गते कार्तिक २०७८ । नेपालमा अहिले पश्चिम्मा चलेको हुरी बतास , असिना , पानी पुर्ब तर्फ सर्दै गएको छ । भारतको विहार र उत्तर प्रदेशका आसपासमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको मौसम बिभागले जनाएको छ ।
गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । अहिले महाकाली , राप्तीमा आएको बाढीले व्यापक छती गरेको छ भने थुप्रै मानिसहरु ज्यान जानुका साथै घर बिहिन बनेका छ्न ।
यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस भएको हि । आज रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् भनाई छ । प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ ।
भोलि बिहीबारबाट भने मौसममा सुधार आउने संभावना भए पनि पूर्ण रूपमा मौसम सफा नहुने बताएका छ्न । अहिले ठाउँठाउँमा पानी पर्ने सम्भावना कायमै रहेको छ । आगामी बिहीबारदेखि मौसममा सुधार हुँदै जाने छ ।
हाल देशको प्रदेश १, २, बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बर्साका लागि सभावित प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ सम्भावना छ ।
देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै देशका विभिन्न स्थानहरु जोखिममा परेका छ्न । अहिले अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा पर्ने बस्तीहरु जोखिममा परेका छन् । ओदाली, बडैपुर र पिपरैया गाउँ बढी जोखिममा परेका हुन् ।
वडा नम्बर ९ र दोधाराचाँदनी नगरपालिका–१० का करिब २७ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको
कंचनपुरका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम निरन्तर भइरहेको छ ।
कञ्चनपुरमा भीमदत्त नगरपालिका र दोधाराचाँदनी नगरपालिकाका झण्डै तीन सय घर डुबानमा परेका छन् ।
यस्तै मौसम पश्चिम् देखी पुर्बी तराईसम्म पुगेको छ अहिले कोसी नदि पनि खतरापूर्ण अवस्थामा आएको हो । बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन् । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।


