नगर सभापति सन्दिपजंग शाह निर्दोष
नेपालगन्ज ।नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दिपजंग शाह निर्दोष साबित भएका छन् ।
हतियार मुद्दामा फसाइएका नेता शाहलाई उच्च अदालत तुलसीपुर ,नेपालगन्ज इजलासले २१ महिनापछि निर्दोष ठहर गर्दै फैसला गरेको हो। उच्च अदालतका न्यायाधीशद्वय केशवराज जोशी र धुर्ब नन्द्नको इजलासले नेता शाहलाई श्रावण ३१ निर्दोष ठहर गरेको हो।
हतियार मुद्दामा फसाइएका नेता शाह ११ महिना पुर्पक्षका लागि बाँके कारागार बसेर रिहा भएका थिए।
नेता शाहको गाडीमा अमेरिकन पेस्तोल फेला परेको भन्दै २०७६ कार्तिक १४ गते कोहलपुर प्रहरीले नमस्ते रिसोर्टबाट पक्राउ गरेर हतियार मुद्दामा मुद्दा दर्ता गरेको थियो।
शाहलाई न्यायाधीश दिलिप राज पन्तको एकल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
निर्दोष हुँदाहुँदै अदालतले दिएको भन्दा बढी कैद भुक्तान गरिसकेकाले ११ महिना जेल बसेर २०७७ असोज १४ गते नेता शाह रिहा भएका थिए।
निर्दोष साबित भएपछि नेता शाहले उच्च अदालतका न्यायाधीशहरुसहित आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेका छन् । त्यस्तै नेता शाहले आफुलाई फसाएर राजनीति समाप्त गर्न खोज्ने र तरुण दललाई कमजोर पार्न खोज्नेहरु असफल भएको बताएका छन् ।
त्यस्तै नेता शाहले आफुलाई फसाउन अहम भुमिका खेल्ने कोहलपुरका तत्कालीन डिएसपी हेम शाहीलाई डिप्रेशनको बिरमीको संज्ञा दिएका छन् । नेता शाह निर्दोष साबित भएपछि नेपालगन्जमा खुशीयाली मनाइएको छ।


