२ श्रावण २०८३, शनिबार

निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको नाम समितिबाट अस्वीकृत

एसीपी संवाददाता

१५ श्रावण २०८१, मंगलवार ०६:५५ मा प्रकाशित

सोमबारको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधान स्वयंले नै निर्वाचन आयुक्त पदको नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको निवेदन समिति सचिवालयलाई दिनुभएको थियो । पदमा नरहने निवेदन दिनुभएसँगै समितिले निर्वाचन आयुक्तमा प्रश्तावित प्रधानलाई अस्वीकृत गर्ने निर्णय गरेको हो ।बैठकका निर्णय जानकारी गराउँदै समिति सभापति पशुपति समशेर जबराले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० का नियम २६ उपनियम ५ बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय भएको बताउनुभयो । प्रश्तावित प्रधानले सुनुवाई समितिका सभापतिलाई सम्बोधन गरी निर्वाचन आयागको आयुक्त पदमा नियुक्तिका लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको भन्दै समिति समक्ष जानकारीको लागि अनुरोध गर्नुभएको र सोही अनुसार व्यवस्था गरिदिन अनुरोध गरेको व्यहोराको निवेदन पेश गर्नुभएको पनि सभापति जबराले बताउनुभयो ।

असार ७ गते निर्वाचन आयुक्त पदका लागि प्रश्तावित व्यक्ति प्रधानउपर उजुरी दिन १० दिनको समय अवधि राखि सूचना प्रकाशन, प्रशारण गरिएको थियो । उक्त अवधिमा प्रश्तावित व्यक्ति उपर ४ वटा उजुरी प्राप्त भएको सभापति जबराले बताउनुभयो । उजुरीका सम्बन्धमा तीन जना उजुरीकर्ताहरुसँग समितिमा छलफल गरिएको पनि बताउनुभयो । साउन ९ गते प्रश्तावित व्यक्तिलाई समितिमा आमन्त्रण गरी छलफल गरिएको पनि बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x