२ श्रावण २०८३, शनिबार

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको प्रतिवेदनको तरङ

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार १०:११ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालले प्रतिशोध साध्न पार्टीभित्रै राज्यशक्तिको दुरुपयोग गर्न खोजेको आरोप लगाएका छन्।

काठमाडौंमा जारी माओवादीको स्थायी कमिटी बैठकमा प्रस्तुत १४ पृष्ठको दस्तावेजमा शर्माले पूर्व प्रधानमन्त्री दाहालमाथि यस्तो आरोप लगाएका हुन्। सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन शर्मा र कहिले वर्षमान पुन विरुद्ध दुष्प्रचार गरिएको उनले जिकिर गरेका छन्।

अध्यक्ष दाहालले ससाना अन्तर्विरोध समाधान गर्न झन् ठूलो अन्तर्विरोध सिर्जना गर्ने गरेको शर्माको भनाइ छ। दाहालले पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन्।

“अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवार सहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने,” शर्माले भनेका छन्।

सांगठनिक भूमिका हस्तान्तरण नगर्ने हो भने दाहालले वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने तथा कार्यकारी सांगठनिक नेतृत्व युवालाई दिनुपर्ने शर्माको सुझाव छ। तेस्रो विकल्पमा उनले केन्द्रीय कमिटी भंग गरेर दाहालको नेतृत्वमा महाधिवेशन तयारी समिति बनाउने र प्रत्यक्ष निर्वाचन मार्फत नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरेका छन्। हिमालखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x