नेपालगञ्जमा नेपाल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुँदै
बाँकेकाे नेपालगञ्जमा नेपाल आई.टि.एफ तेक्वान्दो संघले नगर स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपालगञ्ज स्थीत रंगशालामा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यही आउँने मंसिर २४ र २५ गते दुई दिने उक्त प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिताको संयोजक रंजित गिरी अनुसार यस प्रतियोगितामा बाँकेका बिभिन्न पालिकाहरुबाट १३० जना खेललाडीहरु सहभागी हुनेछन ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता जिल्लामा खेल क्षेत्रको विकास सँगै खेलाडीहरुको क्षमता विकास हुने उद्देश्य रहेको छ । प्रतियोगितामा २० के.जी. तौल देखि ७० केजी तौल भएका खेलाडीहरुले सहभागिता जनाउन पाउने आयोजक समितीले जनाएको छ ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाणपत्र दिइने आयोजक पक्षले जनाएको छ ।
सम्मेलनमा जानकारी दिदैँ आयोजक समितिका गिरीले भने, ‘हामी नेपालगञ्जका बिभिन्न वडाहरुमा गएका थियौं, आधिकारिक व्यक्तीले बहाना गरेर आलटाल गरे भने केहीले सुन्नै चाहेन्न । राष्ट्रिय नारा ‘स्ववास्थ्यका लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद’ रहेको देशमै खेलाडी प्रति सरकार कत्तीको जिम्मेवार रहेको छ भन्ने यो दृश्यले दर्शएको छ ।’
उनले थप भने, ‘यो पनि एक कारण हो हामी खेलाडी उत्पादन गर्न सकिरहेका छैनौं । केही वडाले यस खेल प्रति चासो व्यक्त गरेका छन ।’ उनले प्रत्येक वडाले कम्तीममा खेलकुदका लागि पनि बजेट बिन्योजन गर्न आवश्यक रहेको बताए ।
प्रतियोगितामा आर्थिक रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडाहरुलाई समेटिएको छ भने खेलाडीलाई निशुल्क रहेको छ । आयोजक तर्फबाटै खर्च बेर्होने बताईएको छ ।
प्रतियोगिताको लागत रु करिब साढे पाँच लाख रहेको संघले जनाएको छ ।
स्थानिय तहमा तेक्वान्दाका खेलाडी भए पनि आर्थिक अभावका कारण यसले उचित प्लेटर्फम पाउन नसकेको संघको दावी छ । प्राय तेक्वान्दा लडाई झगडा भनेर बुझिएका कारण पनि यो अन्य खेलहरु जस्तो बिकास हुनपाएको छैन । तर यो गलत धारण रहेको संघको भनाई छ ।


