नेपालगन्जमा तत्यो चुनावी माहौल पुर्ब मन्त्री ईस्तियाक राई लाई हराउन युवाहरु मैदानमा
नेपालगन्ज बाके – केही दिन पहिले जनता समाजवादी पार्टीका नेता दुर्गेश गुप्ताले पार्टीलाई जिताउन आफ्नो पसिना बगाई रहेका थिए । तर उनको पार्टीले सम्मान गरेन भन्दै राप्रपा र एमालेको गठबन्धनका उम्मेदवार डाक्टर धवल शमशेर राणालाई जिताउन लागि परेका छ्न ।

आफ्नो राजनीतिक शुरूवातमा गुप्ता मधेसी जनाधिकार फोरम देखि संघीय स्म्माजवादी देखी लिएर अहिले सम्म पार्टीमा ठुलो लगानी गरेको बताए । २०७४ सालको निर्वाचनमा एक दमै कम मतले पराजित भएको कुरा स्वीकार गर्दै तर यश पटक पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राईले ५० लाख खाएर मैले पाउने टिकट अरुलाई दिएको आरोप समेत लगाए । मधेस आन्दोलनका रियल हिरो युवाहरु किन अलपत्र ? छ्न के मन्त्री जिले जो जो आन्दोलन गरेका उनिहरु भेट्न् पुगे उनिहरुको सम्मान गरेनन् किन अब सत्ता मोहमा लिप्त छन । राप्रपा , एमालेको सयुक्त भेलालाई सम्बोधन गर्दै गुप्ताले यो आरोप लगाएका हुन । सभालाई सम्बोधन गर्दै म यस पार्टीमा न छु न कहिले प्रवेश गर्ने बताउदै डाक्टर धवल सम्शेर राणालाई जिताउने आग्रह गरे । राजा भए पनि पैसाले भोट् किन्न सकिन्न तपाईं खर्च न गर्नुस हामी जनताले खर्च गरेर प्रचार गरेर जिताउने छौ । मधेश आन्दोलन देखि लिएर हाल सम्म पार्टीका केन्द्रिय नेताहरु आउने बेला आफुले बस्ने खाने ब्यवस्था मिलाउदै आएको र हाल पार्टीले मेरो मूल्याकंन यसरी गर्यो यो मेरो ब्याक्ती गत पिडा हो ।

मधेश आन्दोलनका क्रममा सबै भन्दा अग्र मोर्चामा रहने गुप्तानै हुन । पार्टीलाई आवश्यकता परेको बेला सधै आन्दोलनका कार्यक्रम भिडन्त गर्न तत्पर रहने गुप्तालाई अहिले जसपाले नै ओझेलमा पारी दिएको हो ।
यहाँका सासद आफुलाई बिकास पुरुषको प्रस्तुत गर्ने गरेका छ्न तर बिकास हैन उनी आफै करोड पति बनेका हुन आफ्नो परिवारको करोडौं रुपयाको ब्यापार ब्यवसाय संचालन गरेका हुन । उनले जनताको बिकास कहिले गरेनन आफ्नो घर परिवारको बिकासमा लागेको गुप्ताले आरोप लगाए ।



