११ भाद्र २०८३, बिहीबार

नेपालगन्जमा प्रहरी जवान आधारभूत तालिम ९-१४० औं समुहको दिक्षान्त समारोह सम्पन्न

एसीपी संवाददाता

१३ पुष २०८२, आईतवार २३:३३ मा प्रकाशित

कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत हाल नेपालगन्जमा आईतवार प्रहरी जवान आधारभूत तालिम ९-१४० औं समुहको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठको उपस्थितीमा २१५ जना जवानहरुलाई दिक्षित गरिएको हो । जसमा ७२ जना पुरुष र १४३ जना महिला रहेका छन।
सो अवसरमा बोल्दै कर्णाली प्रदेश प्रहरी प्रमुख श्रेष्ठले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न निर्देशन दिए । पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै उनले सोही अनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जित गरि उत्कृष्टता हासिल गर्न निर्देशन गरे ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत हाल नेपालगन्जको प्राङ्गणमा भएको कार्यक्रममा दिक्षित जवानहरुलाई कार्य सफलताको कामना गर्दै मर्यादित भएर लाग्न आग्रह गरे ।
कर्णाली प्रदेश तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नान्तीराज गुरुङले दिक्षीत प्रहरीहरुलाई सपथ ग्रहण गराए । सपथ गराउदै प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न आग्रह गरे ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले तालीम प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दिक्षान्त समारोहमा तालिममा सहभागी भई सर्बोत्कृष्ट बन्न सफल प्रहरी जवान प्रकाश शाही, दोस्रो बनेका दीपक बिश्वकर्मा र तेस्रो स्थान हासिल गर्ने अनिता बुढालाई सम्मान गरिएको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x