१२ मंसिर २०८३, शुक्रबार

नेपालगन्जमा फोहोर जथाभावी फाल्ने विरुद्ध जरिवाना

एसीपी संवाददाता

१४ फाल्गुन २०८०, सोमबार ०७:३२ मा प्रकाशित

नेपालगन्ज –  सडकमा फोहोर फाल्ने आधा दर्जन बढीलाई जरिवाना’
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गरिरहेको छ । नगर प्रमुख प्रशान्त विष्ट, नगर प्रहरी, नेपालगन्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले आइतबार साँझ धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षणका क्रममा ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल म:म सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही ५ हजार तथा पुष्पा इलेक्टि्रकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
‘सफा, सुन्दर र व्यवस्थित सहर हामी सबैको चाहना हो, त्यसैले सडकमा जथाभावी फोहोर नफालौं’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x