१२ आश्विन २०८३, सोमबार

नेपालगन्जलाई आगामी दुई वर्षभित्र क्षयरोग मुक्त घोषणा गरिने

एसीपी संवाददाता

११ असार २०७८, शुक्रबार ०३:४३ मा प्रकाशित

नेपालगन्जः नेपालगन्जलाई आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उप–महानगरपालिका घोषणा गरिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर धवलशम्शेर राणाले सो कुरा बताउनुभएको हो ।

यस्ता छन् स्वास्थ्यका योजना

१. विश्वव्यापीरुपमा फैलिएका कोभिड—१९ लगायत अन्य महामारीहरुको प्राथाकिताका साथ रोकथाम, नियन्त्रण, निदान तथा व्यबस्थापन गरिनेछ ।

२.नेपाल सरकारद्धारा सुचिकृत गरिएका अत्यावश्यक औषधीहरु स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्थाको सुनिश्चित गरिनेछ ।

३.अत्यावश्कीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रको अल्पकालिन र दिर्घकालिन कार्ययोजना बनाई लक्ष्य निर्धारण गरि सोही वमोजिम कार्यान्वयन गरिनेछ ।

४.यस उप—महानगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुको विद्यमान स्वास्थ्य निती अनुसार स्तरोन्नती तथा मापदण्ड अनुसारको भौतिक पूर्वाधारको विकास गरि सहज तथा गुणस्तरीय सेवाको सुनिश्चितताका साथै स्वास्थ्य सूचना प्रणाली अन्तरगत अनलाइन रिर्पाेटिङ्ग कार्यलाई समयानुकुल सुदृढीकरण गर्दै लगिने र आगामी २ बर्षभित्र १५ सैयाको आधारभुत अस्पताल संचालनमा ल्याईनेछ ।

५.बालबालिका तथा गर्भवतीहरुलाई खोपको पँहुचमा बृद्धि गरि पूर्ण खोप तथा दिगोपन कार्यलाई सुनिश्चितता गर्न आवश्यकता अनुसार खोपकेन्द्र, सुरक्षित २४ घण्टे प्रशुति सेवा संचालन र विस्तार तथा निर्माण गरिनेछ ।

६.निजी स्वस्थ्य संस्थातथा गैरसरकारी संस्थाहरुको दर्ता, संचालन तथा नविकरण कार्य गरिनेछ साथै नियमित रिर्पोटिङ्ग, र नियमन तथा अनुगमन गरिनेछ ।

७.हाल विद्यमान सर्ने र नसर्ने रोगहरुको समस्यालाई समाधान गर्न जीवनशैली सम्बन्धी व्यवहार परिर्वतन, योगा, ब्यायाम, स्वास्थ्य शिक्षा तथा प्रचारप्रसार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न जोड दिइनेछ । साथै आगामी दुई वर्षभित्र क्षयरोग मुक्त उप–महानगरपालिका घोषणा गरिनेछ ।

८.प्रोटोकल अनुसार गर्भवती जाँचमा बृद्धि गरि पोषणयुक्त खाना तथा २४ घण्टे प्रसुती सेवालाई विस्तार तथा सुदृढीकरण गरिनेछ ।
९.सेवाको पहुचभन्दा टाढा रहेको समुदाय तथा बस्तिहुरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिनेछ ।

१०.समुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलाई समयानुसार विस्तार गर्दै लैजाने र हाल गरेको सेवाको योगदानलाई कदरगदै ६० बर्ष उमेर पुगेका स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन सहित बिदाई गरिनेछ ।

११.नेपालगंजउप—महानगरपालिका अन्तरगतकार्यरत सम्पुर्ण कर्मचारीहरु र निजको आश्रित परिवार तथा महिला स्वास्थ्य स्वयंसेविकलाई समेत राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराइनेछ ।

१२.निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन स्वच्छ विचार, स्वस्थखाना र नियमित ब्यायामगर्न नागरिक जागरण कार्यक्रम संचालनमा ल्याइनेछ ।

१३.लागू औषधको बिधमानअवस्थालाई मध्यनजर गरी सोको रोकथाम, नियन्त्रण र ब्यवस्थापनगर्न नेपालप्रहरी÷समुदायिकप्रहरी र गैरसरकारी संस्थाहरु संग समन्वय र सहकार्य गरी प्रभावकारी बनाइनेछ ।

१४.कुनैपनि नागरिक भोकप्यास बाट बञ्चित नहोस भन्ने उद्देश्यका साथ सञ्चालित अञ्जली माता रसोई लगायतका अन्य सामाजिक संघसंस्थाहरु सँग समेत आवश्यक सहकार्य गरिनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x