४ मंसिर २०८३, बिहीबार
नेपालगन्ज २ मा आगोलागि हुँदा पाँचतल्ले खेलौना पसल नस्ट
नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका – २ न्युरोडस्थित पाँचतल्ले खेलौना पसलमा आगलागी भएको छ। आइतबार बिहान करिब २ बजेतिर युवराज गिफ्ट इम्पोरियममा आगलागी भएको हो।
आगलागीपछि पसलमा रहेका सबै सामान पूर्ण रूपमा जलेर नष्ट भएको पसलका सञ्चालक राजेश गुप्ताले बताए।“छिमेकीले फोनमार्फत जानकारी गराएपछि मात्र थाहा पाएँ। पसलमा रहेको कुनै पनि सामान झिक्न पाएनौँ, सबै जलेर नष्ट भयो,” उनले भने।
नेपालगन्ज उपमहानगरपालिकाको दमकल, प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन्। समयमै दमकल पुगेका कारण वरपरका पसल तथा घरमा क्षति हुन नपाएको र मानवीय क्षति पनि नभएको जनाइएको छ।
विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।
Subscribe
Login
0 Comments


