१२ मंसिर २०८३, शुक्रबार

नेपालबाट भारत जान कोरोना रिपोर्ट चाहियो

एसीपी संवाददाता

१२ बैशाख २०७८, आईतवार १४:४९ मा प्रकाशित

भारतको उत्तराखण्ड प्रदेशमा बिना कोरोना रिपोर्ट प्रवेशमा रोक लगाइएको छ । ७२ घण्टा भित्रको कोरोना नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै भारत प्रवेश गर्न पाइने भएको छ । उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका अनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टा भित्रको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने आदेशमा जनाइएको छ ।

सोही निर्देशिका अनुसार धारचुला तहसिलले नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा आवतजावत गर्ने व्यक्ती को ७२ घण्टाको कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरेको हो । तहसिल धारचुलाले पुल छेउमा आफ्नो कोरोना नभएको रिपोर्ट देखाउन निर्देशन गर्दै सूचना टाँस गरेको छ ।

आइतबार वाट पुलमा आवतजावत गर्ने व्यक्तेली आफूमा कोरोना नभएको रिपोर्ट देखाएर मात्रै आवतजावत गर्न पाउने नियम लागु गरिएको छ । यसअघि भारतको धार चुला बजार क्षेत्रमा ६ जनामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको थियो ।

यसैबिच आइतबार बिहानै देखि धारचुला बजारका सबै पसलहरू बन्द गरिने भएका छन् । बाहिरी राज्यबाट उत्तराखण्ड राज्यमा मानिसहरूको बढी आवतजावत हुन थालेपछि त्यहाँको सरकारले कोरोना रिपोर्ट अनिवार्य गरेको हो ।पश्चिम्टुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x