नेपाललाई चिनिया कुटनितीले मात्र होईन चिनिया ठेकेदारहरुले पनि हेप्ने प्रवृत्ति
२२ गते मङ्सिर २०७८ । नेपालमा निर्माणधिन चिनिया लगानीमा बन्ने गरेका धेरै आयोजनाहरुलाई उनिहरुले अलपत्र पार्ने गरेका तथ्यहरु बाहिर आउन थालेका छन् । नेपाललाई चिनिया कुटनितीले मात्र होईन चिनिया ठेकेदारहरुले पनि हेप्ने गरेका छन् । आयोजनामा टेन्डर प्राप्त गर्ने काम लिने तर काम भने समय सिमा भित्र नसक्ने , ढिलो गर्ने , आफु अनुकुल भयो भने गर्ने नत्र नगर्ने लगायतका हेप्ने प्रवृतिको विकास भएर गएकोे छ । पछिल्लो समय चिनिया ठेकेदारको ढिला सुस्तीले काठमाण्डौको चक्रपथ विस्तारको काम अन्योलमा परेको छ । चिनिया प्राविधिक टोलीले ३ वर्ष सम्म पनि दोस्रो खण्डको विस्तारको प्रारम्भिक ईन्जिीनियरिङ्ग डिजाईन नपठाउंदा चक्रपथ निर्माणको काम रोकिएको छ भने काठमाण्डौका जनताले दुःख पनि भोग्नु परिरहेको छ ।
चक्रपथ विस्तार सुरु गरेको तीन वर्षमा पनि खासै उपलब्धि नभएको यो सडक खण्ड निर्माणमा नेपाल सरकारले गर्नु पर्ने काम सबै सकिए पनि चिनिया पक्षले वेवास्ता गरी काममा ढिलाई गरिदिदा काम अगाडी बढ्न सकिरहेको छैन । चक्रपथ विस्तार आयोजनामा नेपाली पक्षले सबै काम सकेपनि चिनिया पक्षले डिजाईन नपठाउंदा काम रोकिएको चक्रपथ विस्तार आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिएका छन् । चक्रपथ विस्तार आयोजनामा नेपालको तर्फबाट सबै साईड क्लियर भईसकेको छ । , केही समस्या भए नेपाल सरकार आफैले बनाउने हो तर यसका लागि डिटेल डिजाईनको आवश्यक्ता पर्छ तर चिनको लापरवाहीको कारण अहिले सम्म चिनिया पक्षले डिजाईन पठाएको छैन , विभिन्न बाहानाबाजी र समस्या देखाएर उनीहरु पन्छिने गरेका छन् । चिनिया पक्षको अनावश्यक सर्तहरुले गर्दा चक्रपथ विस्तार आयोजना नै अन्योलमा परेको छ ।
यसले समयमै निर्माण सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवको यो आयोजनाको भविष्य चिनिया पक्षको कारण अन्योलमा परेको छ । चिनिया पक्षले यति सम्म मनपरी गरेको छ की चक्रपथ विस्तार आयोजनाको डिजाइन पुरा नगरेर काम रोकेर राखेको छ । प्रारम्भिक डिजाईन पठाउनुको सट्टा चिनिया पक्षले नेपालमा साईट क्लियरेन्सको सबै काम सक्नुपर्ने अडान लिएर बसेको छ तर सो आयोजना प्रमुख कुवेर नेपालीका अनुसार अव नेपाल आएर चिनिया पक्षले चत्रलपथ विस्तारको काम गर्न कुनै समस्या छैन यस विषयमा सम्बन्धित मन्त्रालयले चिनिया दुतावासलाई जानकारी पनी गराईसकेको छ ।
साईट क्लियरेन्स अन्तगत रुख कटान , विजुली पोल सार्ने तथा खानेपानी पाईपलाईन व्यवस्थापन लगायतका काम नेपाल पक्षले सकिसकेको छ तर यस विषयमा कुनैपनि चासो चिनिया पक्षले लिएको छैन । १०० प्रतिशत क्लियरेन्सको अव्यवहारिक अडान राखेर चिनिया पक्षले काम अल्झाएर नेपाललाई दुःख दिईरहेको छ । चक्रपथ विस्तार आयोजनामा चिन सामु नेपालको कुटनैतिक पनि धेरै हद सम्म असफल भईरहेको बुझ्न सकिन्छ । यसले एकातर्फ नेपाल र चिन विचको कुटनितिमा समस्या ल्याएको छ भने अर्को तर्फ समयमा काम नहुंदा नेपालीहरुले दुःख खेपीरहेका छन् । यस्तो अवस्थामा पनि चिनिया पक्षले अनावश्यक कुरा निकालेर चक्रपथ विस्तार आयोजनामा चिनले मनोमानी गरिरहेको छ ।यो त एउटा उदाहरण मात्र हो नेपालमा जती पनि चिनिया कम्पनिहरुले नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण गरिरहेको छ ती सबै आयोजनामा यस्तै समस्याहरु देखा परिरहेका छन् । आयोजना निर्माणको जिम्मा लिने तर काम नर्गर्ने चिनिया पक्षको नियतले धेरै आयोजनाहरु अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । आयोजनाका सम्झौता पत्रहरुमा हस्ताक्षर गरेर चिन फर्किए पछि फेरी नेपाल नझर्ने गरेका छन् । आयोजनालाई ओगटेर काम नगर्दा विकास निर्माणको कामले गति त लिन सकेन सकेन समयमा सम्पन्न हुनुपर्ने धेरै आयोजनाहरु त्यसै अलपत्र अवस्थामा रहेका छन् ।यसबाट नेपाल र नेपालीले अनावश्यक दुःख र समस्या खेप्न बाध्य भएका छन्


