नेपाली र अमेरिकी सेनाबीच ‘टीक नेल’ सैन्य अभ्यास शुरु
१५ गते कात्तिक २०७८ सोमबार । नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सोमबारबाट हुँदैछ। नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारबाट ‘टीक नेल’नामक सैन्य अभ्यास सुरु हुन लागेका हो।
विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल आएका छन्। नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं र पोखरामा हुनेछ।
मुलुतः पानी र हिमालमा फसेकाहरुलाई कसरी उद्दार गरिन्छ भन्ने बारेमा अभ्यास केन्द्रित रहने छ। अमेरिकी सेनाहरु पानी र हिमाली क्षेत्रमा उद्दारका लागि निपूर्ण मानिन्छन्। अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरुलाई गरिने उद्दारका बारेमा नेपाली सेनालाई तालिम दिनेछन्। अभ्यास झण्डै एक महिनासम्म चल्ने छ।
सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले अन्नपूर्णसँग भने, ‘विपद् व्यवस्थापन केन्द्रीत तालिम हो। तालिमले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न सहयोग पु¥याँउछ।’
टीक नेल’ सैन्य अभ्यासको यो २२ औं संस्करण हो। यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए। अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका विशेष २० जना फौज सहभागी हुनेछन्। विपद् व्यवस्थापनको तालिमका लागि अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धिमुलक सहयोग गर्दै आएको छ।


