१२ मंसिर २०८३, शुक्रबार
नेपाल प्रहरीमा डिआइजी र एसएसपीको काज सरुवा
५ गते मंसिर २०७८ । गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीको सरुवा भएको छ ।
त्यस्तै, काठमाडौं र ललितपुर परिसरका एसएसपी पनि फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबिनोद पोखरेललाई पठाइएको छ । काठमाडौं परिसरका एसएसपी सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ ।
Subscribe
Login
0 Comments


