नेपाल समुहमा बिवाद शुरु , अलग पार्टी गठन गर्न बिवाद तिब्र
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला माधव नेपाल समूहका नेताहरु नयाँ दल गठन गर्ने कि नगर्ने भन्ने दोधारमा परेका छन् । समूहका अधिकांश नेताहरु पार्टी विभाजन गर्नु हुन्न भन्ने पक्षमा रहेका बेला पार्टीका वरिष्ठ नेता झलनाथसहित केही नेताहरु भने नयाँ दल बनाएर जानुपर्छ भन्ने पक्षमा रहेको र घनश्याम भूषाल लगायतका नेताहरु नयाँ दल गठन गर्ने विपक्षमा रहेका छन् ।
विहिबार दिउँसो सहाना प्रधान स्मृति प्रतिष्ठानमा बसेको बैठकमा नेपाल पक्षका सांसदहरुबीच एमालेभित्रै आन्तरिक संघर्ष गरेर जानुपर्छ भन्ने लाइनमा भूषालका अतिरिक्त मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, योगेश भट्टराई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, रामकुमारी झाक्रीलगायतका एक दर्जन सांसदहरु उभिएका थिए ।
Kumari Bank 300×290 new
Global IME Bank new
Nepal Life Insurance
तर खनालसहित भीम रावल, झपट रावल, निरुदेवी जैरु, कल्याणी खड्का, वेदुराम भूषाल, विरोध खतिवडा भने नयाँ दल गठन गरेर जानुपर्ने पक्षमा उभिएका थिए । यज्ञराज सुनुवार लगायतका केही भने मौन रहेका थिए । नेपाल पक्षले नाम, झण्डा र लोगो समेत तयार गरेर नयाँ दल खोल्ने तयारी गरिरहेको बेला अधिकांश सांसदहरु विपक्षमा रहेपछि नेपाल आफै भने दोधारमा परेका छन् ।
ओलीले मंगलबार नेपाल–खनाल लगायतका २७ जना सांसदलाई पार्टी बिरोधि गतिविधि गरिरहेको अरोपसहित दुई दिनभित्र स्पष्टिकरण दिन आग्रह गरेपछि नेपालले सांसदहरुको बैठक राखेका थिए । सो बैठकमा नेपालले बुधबार ओलीसँग भएको वार्ता बारे पनि जानकारी गराएका थिए ।
त्यसक्रममा नयाँ दल गठन गर्नेबारे नेताहरुबीच मतविभाजन भएको हो । ‘नेपालसँग रहेका अधिकांश सांसदहरुले पार्टी विभाजन हुनु हुँदैन भन्ने पक्षमा धारणा राखेका छन्’, बैठकमा सहभागी एक सांसदले भने ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले मंगलवार मात्रै नेपाल पक्षका २७ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । नेपाल पक्षीय सांसदहरुलाई नयाँ दल गठन गर्न लागेको पार्टी हितविपरित कार्य गरेको भन्दै दुई दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएका थिए । नेपाल पक्षका अधिकांश सांसदहरुले विहिबार स्पष्टिकरण बुझाएका छन् ।
स्पष्टिकरण पाएपछि ओलीले शुक्रबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । सोही बैठकबाट उनीहरुबारे थप निर्णय लिइने बताएपनि ओली र नेपालबीच भैरहेको वार्ताले ओली तत्काल कारवाही गरेर अघि नबढ्ने पक्षमा रहेको स्रोतको दावी छ । नेपालबहस


